तपाईं रूनु हुन्छ ? यस्ता छन फाइदा

तपाईं रूनु हुन्छ ? यस्ता छन फाइदा

  • आइतवार, साउन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 35.9K
    SHARES

रुनु जतिसुकै पिडा भएपनि रुन सकिरहेका हुँदैनौ हामी । तर त्यसो गर्नु हानिकारक हुने बताइन्छ । यदि रुन मन छ या पिडा भएको छ भने मजाले रुनुहोस्, जसले स्वास्थ्यमा फाइदा पुग्छ ।
तपाईँलाई दिक्क लागेका बेला या दुखाइका बेला ह्वाँ ह्वाँ रुनुले बेथा कम हुन सक्छ। रुनु आफ्नो भावना पोख्ने काम मात्र होइन । हाम्रो शरीर भित्र नै कठीन समयसँग जुझ्नका लागि उपलब्ध प्राकृतिक प्रकिया पनि हो।

हाँस्दा मात्रै हैन आवाज निकालेर मजाले रुनु मानव शरीरका लागि फाइदा पुग्ने वैज्ञानिक विश्लेषण छ । कहिलेकाहीँ रुनु ठिक हो भन्नुका केही कारण छन् ।

हामीले तीन प्रकारका आँसु उत्पादन गर्छौँ । फ्लिेक्स(प्रतिबिम्ब) आँसुले बिझाइरहेका वस्तु बाहिर निकाल्न सहयोग गर्छन् । आँखामै रहने तरल पदार्थ अर्थात आँसुले आँखा रसिलो राख्न सहयोग गर्छ ।
तर रुवाइको आँसु तेस्रो प्रकारको हो जसलाई भावनात्मक आँसु भनिन्छ । सबै आँसुमा एन्जाइम, प्रोटिन र भावनात्मक आँशुका साथसाथै दुखाइ कम गर्ने इन्डोर्फिन जस्ता हर्मोनहरु पनि हुन्छन् ।
एवाइले शरीरमा उत्पन्न तनाव कम गर्न सहयोग पुर्याउन सक्छ ।
रुवाइले मुटुको चाल सुस्त बनाइदिन्छ र तनाव उत्पन्न गर्ने हमौन समाप्त पारिदिन्छ ।

तर सबै रुवाइ फाइदाकारी भने हुँदैन । जो आफु एक्लै रुन्छन् र रोएकोमा ग्लानी महसुस गर्छन् । उनीहरु रोएपछि झन नराम्रो महसुस भएको बताउने गर्छन् । तर जसले साथ पाएको महसुस गर्छन्, उनीहरु रोएपछि राम्रो महसुस गर्छन् ।
किनभने मान्छेहरु सामाजिक प्राणी हुन् र आँसुले हामीलाई सहयोग पुर्याउन सक्छ । हामीले कुनै कुराप्रति कति लगाव राख्छौ भन्ने सन्देश पनि त्यसले दिनसक्छ । रुँदा मानिसबीचको घनिष्टता बढाउन मदत पुग्न सक्छ, तनाव र दुखाइ कम हुन सक्छ ।

बुदागत रुपमा हेर्दा पनि यस्तो फाइदा छ ।

१. रोएको समयमा तपाईंको आँखाबाट आँसु निस्किन्छ र आँशुमा लिसोजाइम नामक पदार्थ पाइन्छ । यो तत्व आँखाबाट ९५ प्रतिशत ब्याक्टेरियालाई खत्तम गरेर आँखालाई सफा राख्न मद्दत गर्दछ ।

२. रुनु तपाईंको मानसिक स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । जब तपाईं रूनु हुन्छ तब शरीरमा एन्डोर्फिन, ल्यूकाइन् एंकाफालिन, प्रोलैक्टिन, जस्तो तत्वको स्तर कम हुन्छ जो तनाव कम गर्नमा सहायक हुन्छ ।

३. रुँदा तपाईंको दुःख कम भएर तपाईंलाई शान्ति मिल्छ । रोएपछि तपाईं आफ्नो मनलाई हलुका महसुस गर्नुहुन्छ र केही समय पछि खुशीको अनुभव गर्नुहुन्छ ।

४. जब तपाईं दुःखी हुनुहुन्छ तब डिप्रेशनको कारण शरीरमा हानिकारक तत्व निर्मित हुन्छ । यस्तोमा रूँदा यो तत्व शरीरबाट बाहिर निस्कनमा सजिलो हुन्छ ।

५. हाई ब्लड प्रेशरको रोगीलाई रूनु फाइदाजनक हुन्छ । यसले रक्त चापलाई सामान्य बनाउन सहयोग गर्छ ।-एजेन्सीको सहयोगमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी