निर्मला पन्त हत्याको एक वर्ष पुरा, अहिलेसम्म पक्राउ परेनन् हत्यारा !

निर्मला पन्त हत्याको एक वर्ष पुरा, अहिलेसम्म पक्राउ परेनन् हत्यारा !

  • शुक्रबार, साउन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, १० साउन । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रवार एक वर्ष पुरा भएको छ । अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्।
गत वर्ष साउन १० गते साथीको घर जान भन्दै हिंडेकी निर्मलाको भोलिपल्ट बिहान नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
घटना भएको एक वर्ष बितिसक्दा पनि सरकारले अझै अपराधी पत्ता लगाउन सकेको छैन । हत्यारा पत्ता लगाएर कानुनी कठघरामा ल्याउने रटान लगाउदै आएको सरकारले सरकारले विभिन्न समिति गठन गरेर अनुसन्धान अघि बढाएको थियो । तर ती समितिहरुले पनि नयाँ तथ्य पहिल्याउन सकेनन् ।
सबै समितिले किशोरीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाले पनि हत्यामा संलग्न भने किटान गर्न सकेका छैनन् । घटनापछि पीडित पक्षले न्याय माग्दै सुरु गरेको संघर्ष र दबाब उत्कर्षमा पुगेर पनि मत्थर हुन थालेको छ । तर, न्याय पाउने छाँट देखिएको छैन ।
हत्याको अनुसन्धानका लागि सरकारी तबरबाटै गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गत वर्ष भदौ ७ गते पाँच सदस्यीय छानबिन समिति बनाइएको थियो । प्रहरीका डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित सो समितिले स्थलगत अध्ययनपछि गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदनसमेत बुझाइसकेको छ ।
यसबाहेक राष्ट्रिय मानवअधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरू तयार भएका छन् ।
अहिलेसम्मका कुनै पनि प्रतिवेदनले अभियुक्तको किटानी गर्न सकेका छैनन् । घटनामा संलग्नको शंकामा ८० जनाको डिएनए समेत जाँच भइसकेको छ । तर कसैको पनि डिएनए किशोरीको भेजिनल स्वावसंग मेल खाएको छैन । एक हजार जनासंग घटनाका बारेमा सोधपुछ भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी