यसबर्ष ९० प्रतिशतभन्दा माथी रोपाईँ हुने अपेक्षा, ६३ दशमलव ८ प्रतिशत क्षेत्रफलमा सम्पन्न

यसबर्ष ९० प्रतिशतभन्दा माथी रोपाईँ हुने अपेक्षा, ६३ दशमलव ८ प्रतिशत क्षेत्रफलमा सम्पन्न

  • शुक्रबार, साउन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, १० साउन । साउनको दोस्रो सातासम्म ६३ दशमलभ ८ प्रतिशत धान रोपाइ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ढिलो मनसुन सक्रिय भएपनि यसवर्ष कुल खेतीयोग्य जमिनको ६३ दशमलव ८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । यो प्रतिशत अघिल्ला वर्षको यही अवधिको तुलनामा १३ दशमलव ९ प्रतिशतले कमी हो । अघिल्लो वर्ष यो अवधिमा ७७ दशमलव ७ प्रतिशत जमिनमा रोपाई सम्पन्न भएको थियो ।
साउन अन्तिमसम्म तराईका जिल्लाहरुमा रोपाई हुने भएकाले यसबर्ष पनि ९० प्रतिशतभन्दा माथी नै रोपाईँ हुने मन्त्रालयका सुचना अधिकारी प्रदिपचन्द्र भण्डारीले बताउनुभयो ।
प्रदेशगत रुपमा सबैभन्दा बढी कर्णाली प्रदेशमा ९० दशमलव १३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा कम प्रदेश २ मा ५० दशमलव ४८ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्याङकमा उल्लेख छ। प्रदेश १ मा ५६ दशमलब १३, प्रदेश ३ मा ६९ दशमलव १८, गण्डकी प्रदेशमा ७९ दशमलव २८ र प्रदेश ५ मा ६३ दशमलव ४८ प्रतिशत रोपाई सम्पन्न भएको छ ।
सुदुरपश्चिम प्रदेशमा ८६ दशमलव ६२ प्रतिशत रोपाई सम्पन्न भईसकेको मन्त्रालयले जनाएको छ । मनसुन ढिलो सुरु भएपनि पछिल्ला दिनहरुमा पर्याप्त वर्षा भएपछि धान रोपाइँको अवस्था सन्तोषजनक अबस्थामा पुगेको हो ।
यसैबीच मन्त्रालयले मलको अभाव रोक्न थप २८ हजार मेट्रिकटन मल तत्काल खरिद गर्ने भएको छ । धान रोपाइँ पछि किसानलाई सर्वसुलभ मल उपलब्ध गराउन युरिया र डिएपी खरिद गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी