घरदेखि सहरसम्म रङ्गिन बनाउने सयौँ प्रजातिका फुलसँगै रमाउछन् पूर्व प्रहरी नायव निरिक्षक पदमबहादूर राई (फोटो फिचर )

घरदेखि सहरसम्म रङ्गिन बनाउने सयौँ प्रजातिका फुलसँगै रमाउछन् पूर्व प्रहरी नायव निरिक्षक पदमबहादूर राई (फोटो फिचर )

  • बिहिबार, साउन ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

बेलबारी, ९ साउन ।
सरकारी सेवाबाट अवकास पाएपछि धेरैजना प्रायः घुमघाम र रमाइलो गर्दै बिताउछन् । तर राष्ट्रको सुरक्षा सेवामा लामो समय काम गरेका मोरङ बेलबारीका पदमप्रसाद राईले रहरलाग्दो व्यवसाय शुरु गरेका छन् । घरदेखि सहरसम्म रङ्गिन बनाउने सयौँ प्रजातिका फुल व्यवसाय गरि राईले आम्दानीको श्रोत बनाएका हुन् ।

अजकास लिएको भोलिपल्ट नै उनले फुल व्यवसाय शुरु गरे । खोटाङ जिल्ला छितापोखरी २ स्थायी घर भएका राईले जवानदेखि जागीर सेवा शुरु गरेका प्रहरी नायव निरिक्षकबाट अवकास पाएका थिए ।

२०२८ साल सालमा जन्मिएका राईले अहिले बेलबारी २ पुरानो बजारमा दूई कट्टा जग्गा भाडामा लिएर फुल व्यवसाय शुरु गरेका हुन् ।

उनको फुल नर्सरीमा झण्डै ६ सय जातका फुलका बिरुवा उत्पादन गरि बिक्रि गर्दै आएका छन् । नेपाल र भारतका विभिन्न सहरबाट बिरुवा र बिऊ संकलन गरि राईले रहरलाग्दो नर्सरी गरि आम्दानी लिएका हुन् ।

उनको र्सरीको नाम पारुहाङ्ग नर्सरी रहेको छ । २०७६ बैशाख एक गने अवकाश पाएका राईले दुई गतेबाटै नर्सरीको शुरुवात गरेका थिए ।
१८ लाखको लगानी भइसकेको नर्सरीमा अहिले धरान, बिराटनगर, इटहरी सहबाट फुलका बिरुवा खरिद गर्न आउने गरेको संचालक राई बताउँछन् ।

उनी भन्छन्– जागिर छोडेर त्यसै बस्नुभन्दा अरु व्यवसायीको भन्दा फरक प्रकृतिको व्यवसाय शुरु गरेको हो । फुल नर्सरी स्थापनामा पदम राईकी श्रीमति अनिता राईको सक्रियता पनि उस्तै छ ।

उनी भन्छिन्– श्रीमानले थालेको व्यवसायलाई सफल बनाउन बिहानैदेखि खट्दै आएको छु, अहिले ठिकै आम्दानी भएपनि भविश्यमा राम्रो होला ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी