हेर्नुहाेस्, वि.सं. २०७५ साल चैत २८गते बिहिबार, अप्रिल ११ तारिखकाे राशिफल

हेर्नुहाेस्, वि.सं. २०७५ साल चैत २८गते बिहिबार, अप्रिल ११ तारिखकाे राशिफल

  • बुधबार, चैत्र २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : सोखले खर्च बढाए पनि अर्थअभाव हुँदा सहयोगीहरू फेला पर्नेछन्। चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। भैपरी आउने समस्याले खर्च गराए पनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा नै हुनेछ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला। खर्च लागे पनि रमाइलो यात्राको योग छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : विशेष काममा जग बसाउने अवसर जुट्नेछ। तर व्यवहारमा नैतिक संकट भने देखापर्न सक्छ। केही असहज परिस्थिति समेत सामना गर्नुपर्ला। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। अवसरका लागि विवादास्पद काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। तथापि मिहिनेत गर्दा कर्मफल प्राप्त हुनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer): स्वास्थ्य कमजोर रहनाले चिताएको काममा विलम्ब हुनेछ। जिम्मेवारी भने बढिरहनेछन्। अरूका काममा जुट्नुपरे पनि सहयोगीहरूको साथ मिल्नाले समस्या सुल्झाउन सकिनेछ। अप्ठ्यारा परिस्थिति आए पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुनेछन् भने सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि मिहिनेत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। चिताएको कामबाट आंशिक फाइदा उठाउन सकिनेछ। आस मारेको कामले पछिका लागि उत्साह जगाउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : पहिलेका समस्या दोहोरिन सक्छन्। काम बिग्रने भयले सताउन सक्छ। सामान्य घरेलु कामले अल्झाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। तापनि मिहिनेतले नाम र प्रतिष्ठा दिलाउनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने चिताएका काम बिस्तारै सम्पादन हुनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : नयाँ काममा हात हाल्ने अवसर प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। परिवेश संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउनेछ। प्रतिष्ठा जोगाउन केही वस्तु त्याग्नुपर्ला। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : धेरै बोल्दा समस्या आउन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिबन्धले समस्या निम्त्याउने देखिएकाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। सानोतिनो समस्या आए पनि चिताएको काम बन्नेछ। प्रयत्न गर्दा आयस्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला। पहिलेका कमजोरी सुधार हुनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ। अघिल्लो नतिजाले काममा हौसला जगाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। आवश्यक पर्दा सहयोगीहरू पनि प्रशस्तै भेटिनेछन्। मनग्य धनलाभ हुने समय छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी