गर्मी यसरी स्वस्थ्य राख्न सकिन्छ छाला, यी खानेकुरा नियमित खानुहोस !

गर्मी यसरी स्वस्थ्य राख्न सकिन्छ छाला, यी खानेकुरा नियमित खानुहोस !

  • शनिबार, चैत्र २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 27.5K
    SHARES

गर्मी मौसम सुरु भएको छ । धेरैलाई अब आफ्नो त्वचालाई कसरी सुरक्षीत गर्ने भन्ने चिन्ता हुने गर्छ । हुन त चिसो मौसम होस् या गर्मी, छालाको सफाइ अनिवार्य छ। तर गर्मी मौसममा छाला फुस्रो हुने समस्या बढी आउछ ।
छालालाई नरम बनाउन खानपानमा पनि ध्यान दिन जरुरी छ गर्मी मौसममा अण्डा, गाँजर, बदाम, फर्सिको बिज आदि खान सकिन्छ । जसले छालालाई निक्कै फाईदा पुर्याउछ । यसका साथै प्रसस्त पानी पिउन जरुरी छ ।

अन्डा
हामी सबैलाई जानकारी नै छ, अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ। अण्डाको सेतो भागमा प्रोटिन तथा एल्ब्युमिन पाइन्छ। त्यसकारण अण्डा सेवन गरे छालामा दाग तथा धब्बा आउन दिँदैन। अण्डाको सेतो भागमा पाइने भिटामिन र मिनरलले छालालाई स्वस्थ राख्न मद्दत पु(याउँछ।

गाँजर
गाँजर सेवनबाट पेटको समस्या हटाउँछ। यसका साथै रगतको सफाइ पनि गर्छ। गाँजरमा भरपूर मात्रामा भिटामिन ए पाइन्छ।यसले छालामा निखार ल्याउन मद्दत पुर्याउँछ।

बदाम
बदाममा प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छ। यसको नियमित सेवनले छाला स्वस्थ राख्न मद्दत पु(याउँछ। यस्तै, स्मरण शक्ति राम्रो बनाउन पनि यो रामवाण नै मानिन्छ। चिसो मौसममा बदाम खाने सल्लाह दिने गरिएको पाइन्छ। बदामको दूध स्वास्थ्यको लागि फाइदाजनक छ। यसको दूधले शरीरमा सुगर लेबललाई कन्ट्रोल राख्छ।

फर्सीको बिज
फर्सीको बिजमा भिटामिन ए, भिटामिन सी र जिंक पाइन्छ। यसले छाला स्वस्थ राख्न मद्दत गर्छ।
पानी
पानी प्रशस्त रुपमा पिउन पर्छ । गर्मीमा मान्छेको शरीरबाट पसिना र पिसबको रुपमा पानी बढी नै बाहिर निस्कन्छ । त्यसैले प्रशस्त रुपमा पानी पिउने गर्दा छालालाई फाईदा पुग्छ । अन्य रोगको संक्रमण पनि हुँदैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी