दाँत पहेलाे छ ? यस्ता छन् सेताे बनाउँने घरेलु उपाय

दाँत पहेलाे छ ? यस्ता छन् सेताे बनाउँने घरेलु उपाय

  • मङ्लबार, चैत्र १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 25.3K
    SHARES

कागती
दाँतको पहेँलोपनबाट छुटकारा पाउन कागती प्रमुख अस्त्र हो । त्यसका लागि कागतीको रसमा नुन मिसाएर दाँतमा लगाउन सकिन्छ । र, केही समयपछि कुल्ला गर्न सकिन्छ । दुई हप्तासम्म लगातार यसो गर्दा दाँतको पहेँलोपन सफा भएर जाने गर्छ ।

खाने सोडा
खाने सोडा (बेकिङ सोडा)को प्रयोग दाँत सफा गर्ने सबैभन्दा सजिलो विकल्पमध्ये एक हो । बेकिङ सोडाले दाँतमा भएको फोहोर निकाल्ने गर्छ । जसले गर्दा पहेँलोपन हटेर दाँत सेतो हुन्छ । यसका लागि टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्न सकिन्छ । यसमा कागती मिश्रण गरेर पनि मुख कुल्ला गर्न सकिन्छ । बेकिङ सोडालाई पानीमा घोलेर तयार पारेको मिश्रणले हप्ताको दुई दिन दाँत रगड्नुपर्छ, दाँत सफा हुन्छन् ।

नरिवलको तेल
नरिवलको तेल धेरै कुरामा फाइदाजनक छ । यो कपाल र अनुहारका साथसाथै स्वास्थ्यका लागि पनि निकै उपयोगी छ । त्यति मात्र नभएर, यसको प्रयोगले आफ्नो पहेँलो दाँतलाई चम्काउन पनि सक्नुहुन्छ । त्यसका लागि एक चम्चा नरिवलको तेल लिएर त्यसलाई आफ्नो दाँतमा लगाउन सक्नुहुन्छ । साथै, टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर केही मिनेटसम्म दाँत ब्रस गरी कुल्ला गरेमा दाँत चम्किन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी