काठमाडाैं, १० चैत ।
अन्तर्राष्ट्रिय गहुँ तथा मकै अनुसन्धान केन्द्रले उत्पादन र राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले प्रमाणित गरेका पोषणयुक्त गहुँको रुपन्देही सहित ६ जिल्लाका किसानले नमुना खेती गरेका छन् । ती बोरासँग १००, एचडी २९६९, जेनोकल, म्याली, एन एल १३२७, बीएल ४३४१, बीएल ४६९९ र बीएल ४३३५ जातका गहुँका बीउ सिफारिस गरिएको छ । जसको उत्पादकत्व ४ देखि ८ मेट्रिक टनसम्म छ । पहेलो र खैरो सिन्दुरे रोग सहने गुण छ ।
यी जात पहाड र तराई दुबै वातावरणका लागि उपयुक्त छन् । बीउ उत्पादन गरेर देशभर पुर्याउन भन्दै यो वर्ष रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा खेती सुरु गरिएको गहुँबाली विज्ञ मदन भट्टले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline