मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काममा जोश जागर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामकै पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पैतृक सम्पतीबाट लाभ हुनुका साथै धार्मिक कार्यमा सम्लग्न हुने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरिरीक तथा मानसिक आलस्यता बढ्नेछ झै भगडा हुने दिन छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सन्तानबाट खोजे जस्तो सहयोग नपाउदा केहि पीडा होला ।