हेर्नुहाेस्, वि.स.२०७५ साल फाल्गुन २७ गते, सोमबार (ईश्वी सन् २०१९ मार्च ११ तारिख)काे राशिफल

हेर्नुहाेस्, वि.स.२०७५ साल फाल्गुन २७ गते, सोमबार (ईश्वी सन् २०१९ मार्च ११ तारिख)काे राशिफल

  • आइतवार, फाल्गुन २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ :

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुटाउन सकिनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो:

अरूका लागि अल्झनुपर्दा लक्ष्य प्राप्तिमा बाधा होला। काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले आफ्नै पक्ष लिनेछ। प्रतिस्पर्धा गर्नेहरूले हार खानेछन् भने आस मारेको कामले उत्साह जगाउनेछ। प्रारम्भ संघर्षपूर्ण रहे पनि अन्तिम नतिजा राम्रो हुनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह :

समयमै गम्भीर नबन्दा समस्या थपिएला। तापनि मिहिनेत गर्दा प्रतिफल अवश्यै प्राप्त हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्याले परिस्थितिसँग जुध्न सिकाउनेछ। काममा श्रम अनुसारको मूल्य प्राप्त हुनेछ। जिम्मेवारी थपिए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो :

अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखद् रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे :

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो :

प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। ईर्ष्या गर्नेहरूले आफ्ना सामानमा दाबी गर्न सक्छन्। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते :

साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताउनेछ भने बेसुरमा वचन दिनाले दुःख पाइनेछ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। साथीभाइले साथ नदिन सक्छन्। पशुधन र जमिनबाट पनि थोरै फाइदा हुन सक्छ। काममा आमाको मार्गदर्शन लाभदायक रहनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु :

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यवसायमा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। अवरोध हट्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुने समय छ। मिहिनेतले जीवनशैलीमा राम्रै परिवर्तन ल्याउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे :

नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। मिहिनेत परे पनि चिताएको मूल्य प्राप्त नहुन सक्छ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। हल्लाको भर पर्दा दु:ख पाइनेछ। अर्थ अभावले सताउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि :

विभिन्न अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति टिप्पणी गर्नेछन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक सहयोगले दैनिकीमा परिवर्तन ल्याउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द :

आफ्नै बेहोसीले नोक्सान पुर्याउला। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बलजफ्तीले पछिसम्म बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि :

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी