मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा समेत कमजोरी अनुभूति हुनेछ। अर्थ अभावले पनि मन पिरोलिन सक्छ। अधुरा काममा पहिलेकै समस्या दोहोरिन सक्छन्। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। मिहिनेतले स्थितिमा सकारात्मक परिवर्तन ल्याउनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शुभचिन्तकहरूले केही आशा जगाउनेछन्। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। तापनि सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्य-उपचारमा खर्च बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। तापनि मिहिनेतले मौका अवश्यै दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि सामान्य लाभ मिल्नेछ। मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्न सक्छ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। हिम्मत गर्दा अप्ठ्यारो स्थितिमा पनि काम सम्पादन हुनेछ। अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। कुनै अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। विश्वासपात्रबाट धोका पाइने समय छ, सजग रहनुहोला। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। चुनौती देखिए पनि मेहनेत गर्दा फाइदा उठाउन सकिनेछ। तर सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूको फाइदाका लागि उपयोग भइएला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोला। निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। महत्वाकांक्षी योजना कार्यान्वयनमा बाधा पुग्न सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला। समयको महत्त्वलाई ख्याल गर्नुहोला, मिहिनेतले काम बन्न सक्छ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आगन्तुकहरूले अलमल्याउने हुँदा चिताएको काम गर्न नसकिएला। काममा विलम्ब भए पनि रमाइलो जमघटमा साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। स्वास्थ्यमा पेटको समस्याले सताउला। परिवेश उल्लासमय रहे पनि बाध्यतासामु निरीह बन्नुपर्ला। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। सानो त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुनेछ। धेरै आम्दानी नभए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। श्रमको उच्च मूल्यांकन हुनाले आम्दानी पनि बढ्नेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ।बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्।