टेकेन्द्र बोहरा/बझाङ, १० फागुन ।
बझाङको साईपाल गाँउपालीका,छबिस पाथीभेरे ,र बुगलनगरपालीकाको केहीभागमा खाद्यान्नको अभाव भईरहेको बेला जिल्ला खाद्य संस्थानको गोदाममा भने चालम बिक्रि नभएर सड्न थालेको छ ।
खाद्य सस्थानको चामलभन्दा पसलको चामल सस्तो र राम्रो पाइने भएपछि संस्थानको चामलबिक्रीनभएको खाध्य सस्थान बझाङका निमित्त साखा प्रमुख इस्वरीदत्त पान्डेले बताए ।
पान्डेका अनुषार हामी कहाँ कहिले काही फाट्ट फुट्ट मात्र जयपृथ्वीनगरपालीका भित्रका ग्रामिण भेगका स्थानियबासीन्दाहरु मात्र आउने गरेको बताए ।
सस्थानमा अहिले मोटो अरुवामोटो चामलको मूल्यप्रति केजी४३ रुपैया बङ्गाली चामलको प्रतिकेजी ३० रुपैयामा बिक्रिबितरण गर्दै भईरहेको छ ।
खाध्य सस्थानको चामल जिल्लामा बिक्रि नभएवछी एक सय कुन्डल चामलदार्चुला पठाएकोे खाध्य सस्थान बझाङका निमित्त कार्यालय प्रमुख पान्डेले बताए ।
खाध्य सस्थान बझाङमा गत आर्थिक वर्ष देखी अहिले सम्म एक सय बाह्र कुईन्टल चामलमात्र बिक्रि भएको छ । ,