०७५ फाल्गुन ०६ गते सोमबार, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य

०७५ फाल्गुन ०६ गते सोमबार, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य

  • आइतवार, फाल्गुन ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

आजको- पञ्चाङ्ग/वि.सं. २०७५ साल फागुन ६ गते,सोमबार,इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लाथ्व,माघ शुक्लपक्ष,तिथि– चतुर्दशी

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

बृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप बढ्नेछ भने चौपायामा केही समस्या देखिने समय छ। साँझतिर घरायसी समस्या देखापर्नेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। मानसम्मानमा आघात पुग्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले फाइदा उठाउन सफल भइनेछ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। पहिले दिएको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्ला। ईर्ष्या गर्नेहरूले पनि बाधा पुर्याउनेछन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला। साँझतिर वादविवादमा परिने योग भएकाले सजग रहनुपर्ला।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नाले आर्थिक अभाव देखा पर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला।

कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा उठाउन सफलता मिल्नेछ। साँझतिर अत्यधिक खर्च बढ्नाले अभाव झेल्नुपर्ला।

तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा कर्मको उचित प्रतिफल पाइनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउला। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साँझतिर मनग्गे धनलाभ पनि हुनेछ।

बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। चुनौतीपूर्ण कामको दायित्व लिनाले अप्ठ्यारोमा परिनेछ। तापनि अरूको मन जित्ने प्रयास गर्नुहोला, साँझदेखि पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। प्रयत्न गर्दा व्यापार बढ्नेछ भने श्रमको उपलब्धि हात पार्न सकिनेछ।

धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। बाध्यताले अलमल्याउन सक्छ। हानि-नोक्सानी र चोटपटकको योग देखिएकाले अलि सजग रहनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।

मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हडबडले काम बिग्रनेछ भने धैर्य एवं मिहिनेतले मात्र फाइदा उठाउन सकिनेछ। वादविवादमा अघि नसर्नुहोला। अतिथिका रूपमा मान-सम्मान प्राप्त हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ। साँझतिर भने आकस्मिक समस्याले सताउन सक्छ। चोटपटक लाग्ने योग देखिएकाले सजग रहनुहोला।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान्।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समयमा लगनशील बन्न नसक्ता केही पछि परिएला। छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउन सक्छ। व्यवहारमा फाइदा लिनेहरूले अन्त्यमा धोका दिनेछन्। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ भने मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी