देब्रे हातले लेख्नेहरु प्रतिभाशाली हुन्छन् !

देब्रे हातले लेख्नेहरु प्रतिभाशाली हुन्छन् !

  • बुधबार, फाल्गुन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 24.7K
    SHARES

बाराका ओबामा, बिल क्लिन्टन, पर्ल म्याकर्टनी, जर्ज माइकल, जुलियस सिजर, पेले र अमिताभ बच्चनजस्ता केही चर्चित व्यक्तिहरू सबैको समान बानी छ । उनीहरू सबैजना यस्ता प्रतिभाशाली व्यक्ति हुन्, जो देब्रे हात ज्यादा चलाउँछन् ।यस्ता देब्रेहाते (बायाँहाते) मानिस थोरै संख्यामा मात्र हुन्छन् । प्राय: व्यक्ति दायाँहाते नै हुन्छन् । देब्रेहाते व्यक्तिले सबैजसो काम गर्न मात्र होइन अक्षर लेख्दा पनि देब्रे हात नै चलाउँछन् । जसको देब्रे मस्तिष्क शक्तिशाली छ तिनीहरू दायाँहाते हुन्छन् । देब्रेहातेमा चाहिँ दायाँपट्टिको मस्तिष्क ज्यादा प्रभावशाली हुन्छ किनभने मस्तिष्कको दायाँ भागले शरीरको बायाँपट्टिका अंगहरूलाई नियन्त्रण गर्छ ।
टाउकोभित्र रहने मस्तिष्क मानव शरीरको स्नायु प्रणालीको केन्द्र हो । मस्तिष्कको निर्माण ६० बिलियन स्नायु र अन्य कोषबाट हुन्छ । मस्तिष्कमा सबैजसो चेतनाको विश्लेषण गर्ने तौरतरिका भने एकै प्रकारले हुन्छ । सेरेब्रम, सेरेबेल्लम र ब्रेन स्टेम गरी मस्तिष्कलाई प्रमुख ३ भाग हुन्छन् । मानव मस्तिष्कको कुल तौलमध्ये ८५ प्रतिशत ओगट्ने सेरेब्रमले स्मरण क्षमता, सोच, विश्लेषण र अनुभूति हासिल गर्न सघाउँछ । सेरेबेल्लमले शारीरिक नियन्त्रण र चाल तथा ब्रेन स्टेमले मस्तिष्क र सुषुम्ना नलीबीच साँघुको रूपमा काम गर्नुका साथै शारीरिक क्रियाकलापलाई पनि नियन्त्रित गर्छ ।
स्नायु प्रणालीअन्तर्गत मस्तिष्क, सुषुम्ना नली र स्नायुहरू पर्दछन् । स्नायु प्रणालीलाई फोन प्रणालीसँग तुलना गर्न सकिन्छ । दूरसञ्चार केन्द्र मस्तिष्क र स्नायु रेसा टेलिफोनका तारजस्तै हुन् । मस्तिष्कले नियन्त्रण केन्द्रको रूपमा र स्नायुहरूले सूचना प्रवाह गर्न सघाउँछन् । मेरुदण्ड (ढाड) भित्र रहने सुषुम्ना नलीले मस्तिष्क र स्नायुबीच साँघुका रूपमा काम गर्दछ । स्नायु प्रणालीको सबैभन्दा सानो संरचना स्नायुकोषलाई न्युरोन भनिन्छ । मानव शरीरमा ३० अर्ब न्युरोन हुन्छन । मस्तिष्कको कुनै भागमा रगत आपूर्ति गर्ने रक्तनलीमा अवरोध आउँदा त्यस भागमा रहेका स्नायु नष्ट हुन्छन् । ती स्नायुबाट सञ्चालित हुने काम प्रभावित हुने अवस्थालाई मस्तिष्काघात भनिन्छ ।कान्तिपुरबाट

– डा. सुमनराज ताम्राकार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी