पाइल्स भएको छ ? नियमित मुलाको सेवनले निको हुन्छ

पाइल्स भएको छ ? नियमित मुलाको सेवनले निको हुन्छ

  • बुधबार, फाल्गुन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 30K
    SHARES

मुला हरेक नेपालीहरुका लागि सहज तरिकाले उपलब्ध हुने परिकार हो । मुला खानाले धेरै कुराहरुमा फाइदा हुन्छ । यसैं मध्य मुला खानाले पायल्स रोग निको हुन्छ । पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महसुस हुने गर्दछ ।

पाइल्सका केहि विशेष लक्षणः

गुदाद्वारबाट रगत आउनु

दिसा गर्दा निकै पीडा हुनु

पेटको तल्लो भागमा पीडा हुनु

कब्जियत र चिलाउनु

पाइल्सको प्रारम्भिक चरणमा यसको उपचार गराउनु निकै आवश्यक छ अन्यथा यो धेरै गम्भीर रोगमा परिणत हुन्छ ।

यदि पाइल्सको उपचार गराइएन भने यसले रेक्टल अल्सर र क्यान्सरको खतर निम्त्याउँछ ।डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ ।

पाइल्स रोकथामको लागि सबै भन्दा उत्तम विकल्प मुला हो । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ ।

यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन । पाइल्सका रोगीहरूलाई सामान्यतः मुला खान सल्लाह दिने गरिन्छ । यसको सबैभन्दा ठुलो कारण हो, मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्दछ ।

यसबाट पाचन प्रक्रियापनि राम्रो हुन्छ । मुलामा कयौँ यस्ता तत्व पाइन्छ, जुन पाइल्सका भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ । यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त मानिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी