अर्थतन्त्रको मुख्य आधार नै कृषि : मुख्यमन्त्री राई

अर्थतन्त्रको मुख्य आधार नै कृषि : मुख्यमन्त्री राई

  • सोमवार, माघ २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

उर्लाबारी, २८ माघ  । 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको अर्थतन्त्रको मुख्य आधार नै कृषि रहेको बताउनुभएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित उचित जैविक मल उद्योग प्रालिको प्रदेश स्तरीय शाखाको उद्घाटन गर्दै आज उहाँले कृषिलाई आधुनिक र व्यावसायिक ढङ्गबाट सञ्चालन गर्नका लागि प्रदेश सरकारको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले कृषिलाई उद्योगका रुपमा विकाश गर्दै प्रदेशलाई भविष्यमा रासायानिक र विषादी मुक्त गर्दै अग्र्यानिक प्रदेशका रुपमा घोषणा गर्ने तयारीका साथ सरकार अघि बढेको जानकारी गराउनुभयो । जैविक मल उद्योग प्रदेशकै गौरव भएको उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्षको बजेटबाट उद्योगले अनुदान प्राप्त गर्ने बताउनुभयो ।

कृषिलाई आधुनिकीकरणसँगै अर्गानिक बनाएर लानुपर्ने आवश्यकता महसुस भइरहेको बेला जैविक मलको उद्योग स्थापना गरिएको सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार एक बिगाहा क्षेत्रफलमा करीब रु दुई करोडको लागतमा उद्योग स्थापना गरिएको हो । सो उद्योगमा मोरङसहित झापा र इलामका तीन वटा कृषक समूह तथा सात वटा कृषि सहकारीका सदस्य आबद्ध छन् । सो उद्योगमा जैविक मल, जैविक विषादी र जैविक पौष्टिक आहारा उत्पादन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी