वि.सं. २०७५ साल माघ २८ गते, सोमबारको राशिफल

वि.सं. २०७५ साल माघ २८ गते, सोमबारको राशिफल

  • आइतवार, माघ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

वि.सं. २०७५ साल माघ २८ गते, सोमबार,इश्वी सन् २०१९ फेब्रुवरी ११ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लाथ्व,माघ शुक्लपक्ष,तिथि– षष्ठी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,आजको शुभ अंक १२ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पढाईमा सोचे जत्तिकै उन्नति हुनेछ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला, व्यापारमा अवरोध आउने,यात्रामा समस्या आउने,कार्यस्थलको स्वरूपअनुरूप पहिरनमा ध्यान दिनुहोला,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला,आजको शुभ अंक ११ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
झुटाआरोप पनि लाग्नेछन्,नोकरीमा पटक पटक स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सृर्जनाहोला,आयभन्दा व्यय बढी, लेनदेनमा विवादको सामना गर्नुपर्ला,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,गाँस्नेहरूले सताउन सक्छ,विश्वास गुम्ने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानी को दिगो स्रोत जुट्न सक्छ,बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्,जतिसुकै सहयोग गरे पनि आफन्तहरूले जस दिने छैन, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चोटपटक लाग्ने र सानातिना समस्याले सताउने समय छ, धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,प्रतिस्पर्धीहरूले काममा तगारो लगाउने प्रयास गरे पनि विफल हुनेछन्,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, केही अनियन्त्रित खर्च पनि हुनेछ,आजको शुभ अंक ६ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ, पैतृक सम्पत्ति उपयोग गरी थप फाइदा उठाउन सकिनेछ, बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछ, ठूलाबडाको दबाबमा परिस्थतिसँग सम्झौता गर्दा मन खिन्न हुनेछ,गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन्,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्, ब्रह्म मुहूर्तमा भगवानको स्मरण,योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ, परिस्थितिको बन्धनमा परिने समय छ, गोपनीयतामा ध्यान दिनुहोला,बलजफ्ती काम गर्दा थप समस्या आउन सक्छन्, आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
जीवनसाथीसँग ठाकठुक परे पनि परिवारका ज्येष्ठ सदस्यको भूमिकामा विवाद मत्थर हुनेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,राज्यबाट सम्मान हुने,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिवारका सदस्यहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ,नोकारीमा समस्या आउनेछ,स्थानान्तरण हुने,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,आफन्त बीच अविश्वास बढ्ला,सचेत रहनुहोला,सानो कामका लागि लामो यात्रा गर्नुपर्ला,कर्म सिद्धिको समय छ,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, कर्म योगका थप बाटाहरू खुल्नेछन्,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,व्यापारमा संकट आउने,यात्रामा अवरोध हुने,विदेश यात्राको पाइला चाल्दा आवश्यक तयारी अपुरो हुनसक्छ,नोकारीमा समस्या आउनेछ, राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला,आजको शुभ अंक ८ रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी