वि.सं. २०७५ साल माघ २६ गते,शनिबार, इश्वी सन् २०१९ फेब्रुवरी ९ तारिखको राशिफल हेर्नुहाेस्

वि.सं. २०७५ साल माघ २६ गते,शनिबार, इश्वी सन् २०१९ फेब्रुवरी ९ तारिखको राशिफल हेर्नुहाेस्

  • शनिबार, माघ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

वि.सं. २०७५ साल माघ २६ गते,शनिबार, इश्वी सन् २०१९ फेब्रुवरी ९ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष, तिथि– चतुर्थी,

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ,अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,अनुभवले ज्ञानको दायरा बढ्नेछ,राज्यबाट सम्मान हुने,सुखदुःखमा साथ पाइनेछ, समस्याहरू धेरै आउनेछन्,कान कमजोर भएकोले विनाकारण शंका उपशंका आफन्तहरुसँग बढ्नेछ,मानसिक तनाव उच्च विन्दुमा पुग्ने,आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विश्वासमा धोका हुने भएकाले गोपनीयतामा जोड दिनुहोला, बुझेरमात्र काम गर्नुहोला,विनादोष कारवाहीमा पर्ने सम्भावाना छ,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,व्यापारमा संकट आउने,यात्रामा अवरोध हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
स्वास्थ्य कमजोर देखिए पनि लक्ष्य प्राप्त गर्न सकिनेछ,स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,सानो कामका लागि लामो यात्रा गर्नुपर्ला,प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बलजफ्ती काम गर्दा थप समस्या आउन सक्छन्,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,पति–पत्नीबीच विवाद प्रशस्तबढ्नेछ,घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ,घरेलु समस्याले घरै छोड्ने स्थिति आउन सक्छ,आजको शुभ अंक ७ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला, फसिने डरले सताउन सक्छ,झगडा पनि हुनसक्छ,पढाइमा अरु प्रगति हुनेछ, जोश र जाँगर बढ्नेछ,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, कर्म योगका थप बाटाहरू खुल्नेछन्,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अधुराकाम पुरा हुनुकोसाथै नयाँकाम पाउने योगछ,व्यापारमा प्रगति हुनेछ,प्रेम सफलरूपमा अघिबढ्नेछ,गोपनीयतामा ध्यान दिनुहोला,सन्तानहरुबाट सहयोग पाउने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,गाँस्नेहरूले सताउन सक्छ,आजको शुभ अंक ११ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
व्यापारमा अवरोध आउने, यात्रामा समस्या आउने,धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ, पढाइमा सफलता मिल्ने,सहयोगी र दाजुभाइहरुबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोडदिनुहोला,नोकारीमा समस्या आउनेछ,स्थानान्तरण हुने, आजको शुभ अंक १२ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ, अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,मान–सम्मान पनि पाइनेछ,कर्म सिद्धिको समय छ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, केही अनियन्त्रित खर्च पनि हुनेछ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्, भौतिक साधनहरू जुटाउन सकिनेछ,घरेलु समस्या देखापर्न सक्छन्,परिस्थितिको बन्धनमा परिने समय छ, गोपनीयतामा ध्यान दिनुहोला,नोकरी तथा राजनीतिमा बुद्धिको उपयोग गरे लक्ष्यअनुसार अघि बढ्न सकिनेछ,आजको शुभ अंक १ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला,रोगबाट छुटकारा मिल्नेछ,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
माता,पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ, सचेत रहनुहोस, विभिन्न अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,अरुसँग गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ,लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला,काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ, आजको शुभ अंक १० रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी