तीन हजार हेक्टरमा एग्रो फरेष्ट ! 

तीन हजार हेक्टरमा एग्रो फरेष्ट ! 

  • शुक्रबार, माघ २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

बनियानी, २५ माघ ।

झापामा तीन हजार हेक्टरमा फलफूल खेती (एग्रो फरेष्ट)का लागि अवधारणा अघि सारिएको छ । झापाको तोपगाछीस्थित रतुवामाई वृक्षरोपण आयोजनाअन्तर्गतको करीब तीन हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती गर्न अवधारणा अघि सारिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

रतुवामाई आयोजनालाई प्रदेश नं १ सरकार मातहतमा रहने गरी नयाँ योजना निर्माण भइरहेको उहाँले बताउनुभयो । “आयोजनाअन्तर्गतको जग्गामा एग्रो फरेष्ट निर्माणका लागि नयाँ प्रक्रिया शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “आयोजनालाई प्रदेश सरकारमातहत ल्याउनुपर्छ, त्यसका लागि आवश्यक काम भइरहेको छ ।”

प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममै एग्रो फरेष्ट निर्माण गर्ने योजनाका साथ बजेटसमेत विनियोजन गरेको जिसस प्रमुख पोर्तेलले बताउनुभयो । उहाँका अनुसार आयोजनाले वार्षिक रु चार करोड आम्दानी गर्दै आएको र रु एक करोड राजश्व बुझाउँदै आएको छ ।

एग्रो फरेष्टको अवधारणाअनुसार आँप, लिची, कटहर, कागतीलगायतका फलफूलका बिरुवा लगाइने भएको हो । एग्रो फरेष्टबाट अहिलेको तुलनामा आम्दानी वृद्धि हुनुका साथै फलफूलमा आत्मनिर्भर बन्न सकिने प्रमुख पोर्तेलले बताउनुभयो ।

वृक्षरोपण गरेर उत्पादित काठ दाउरा आपूर्ति गर्ने उद्देश्यले विसं २०३३ मा आयोजना स्थापना भएको हो । आयोजनाको कूल क्षेत्रफल दुई हजार ९७२ हेक्टर रहेको छ । ती क्षेत्रमा प्राकृतिक सालसँगै टिक, मसला, कदमलगायत जातका रुख÷बिरुवा लगाइएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी