भारत, २१ माघ ।
भारतको उडिसा राज्यका मुख्यमन्त्री नविन पटनायकले कृषकका छोराछोरीका लागि छात्रवृत्तिको घोषणा गर्नुभएको छ ।
जीविका तथा आयवृद्धिका लागि सहयोग कार्यक्रमबाट लाभान्वित बनेका कृषकका छोरा छोरीहरूका लागि छात्रवृत्ति योजना घोषणा गरिएको हो ।
लक्षित वर्गका कृषकका छोराछोरीहरूलाई उच्च शिक्षाका लागि कुनै खर्च नलाग्नेगरी छात्रवृत्तिको व्यवस्था गरिने उहाँले बताउनुभयो ।
केओन्झारमा आयोजित कार्यक्रममा उहाँले यस योजना अन्तर्गतका बालबालिकाहरुको खर्च राज्यले नै बेहोर्ने जानकारी दिनुभएको हो ।
सरकारी व्यवसायीक क्याम्पसमा विद्यार्थीले पाएको अङ्कका आधारमा छात्रवृत्तिका लागि छनोट गरिने भएको छ ।
मुख्यमन्त्री पटनायकले झण्डै ६६ करोड भारतीय रूपैयाँ बराबरको १७ कल्याणकारी कार्यक्रमहरुको पनि घोषणा गर्नुभएको छ ।
उहाँले विभिन्न जिल्लाका लागि भारतीय रुपैया एक हजार ५० करोड बराबरको खानेपानीसम्बन्धी योजनाहरूको पनि घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।