नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठद्वारा पदभार ग्रहण

नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठद्वारा पदभार ग्रहण

  • बुधबार, माघ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.1K
    SHARES

ललितपुर, ९ माघ

प्राज्ञ डा सुनिलबाबु श्रेष्ठले आज नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) को उपकुलपतिको पदभार ग्रहण गर्नुभएको छ ।

यही माघ २ गते नियुक्त हुनुभएका श्रेष्ठले आज नाष्टको उपकुलपतिको पदभार ग्रहण गर्नुभएको हो । उहाँ चार वर्षका लागि नियुक्त हुनुभएको हो ।

श्रेष्ठले पदबहाली गरेसँगै ‘विज्ञान समाजका लागि’ भन्ने मूल नाराका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै दुई महीनाभित्र नाष्टको रणनीतिक योजना बनाउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विज्ञानमा युवा र महिलालाई केन्द्रीत गराउने तथा नाष्टमा वैज्ञानिक परियोजना केन्द्र निर्माण गरी वैज्ञानिक परम्परागत प्रविधिको खोजी गर्ने छु ।”

कार्यक्रममा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहले नाष्टलाई वैज्ञानिक क्षेत्रको उत्कृष्ठ केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी