साझाको सहकारी पुरस्कार कृषि केन्द्रीय संघलाई

साझाको सहकारी पुरस्कार कृषि केन्द्रीय संघलाई

  • शुक्रबार, पुस २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

साझा सेवा सहकारीले हरेक वर्ष प्रदान गर्ने कमलमणि स्मृती साझा सेवा सहकारी पुरस्कार नेपाल कृषि सहकारी केन्द्रीय संघलाई प्रदान गरिएको छ । सुक्रबार ललितपुरमा भएको संस्थाको ३४ औं साधारणसभाका अवशरमा नेपालको सवैभन्दा पुरानो सहकारी संस्था साझा सेवा सहकारीले प्रदान गर्ने कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार कृषिको केन्द्रीय संघलाई प्रदान गरिएको हो ।

नेपालको ग्रामीण क्षेत्रमा सहकारी संस्थाको निर्माण र सदस्यहरुको आर्थिक, सामाजिक एंव सचेतनाको अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै २० वटा केन्द्रीय संघ मध्ये नेपाल कृषि सहकारी केन्द्रीय संघलाई उत्कृष्ट सहकारीका रुपमा नगद ५० हजार सहति सम्मान पत्रले पुरस्कृत गरिएको हो ।

कार्यक्रममा राष्ट्रीय सहकारी महासंघका अध्यक्ष केशव बडालले गाउँका साना किसानहरुलाई एकीकृत बनाएर मुलधारमा ल्याउन सहयोग गरेको प्रति सम्मान स्वरुप कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारका लागि सिफारिस गरिएको बताउनुभयो ।
अध्यक्ष बडालले नेपाल कृषि सहकारी केन्द्रीय संघले लोपउन्मुख, पिछडीएको वर्ग, जात जाती र समुदायको जीवनस्तर सुधारमा खेलेको भुमिका महत्वपूर्ण र उदाहरणीय रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. तथा सना किसान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले नेपालकै पुरानो सहकारीले प्रदान गर्ने पुरस्कार प्रप्त गर्न देशभरका साना किसानहरुको साथ सहयोग र विश्वसले नै सहयोग पुगेको बताउनुभयो । उँहाले आगमी दिनमा अफ्ना कार्यक्रमरुलाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै अगाडी बढ्ने चुनौती थएिको भन्दै यसका नेपालमा सरकार, सहकारी र निजी क्षेत्रको सहभागीतमा विकास र परिवर्तनको साझा मुद्धालाई एकैसाथ अगाडी बढाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्या प्रसाद श्रेष्ठ, साझा सेवा सहकारी संस्थाका अध्यक्ष भीमबहादुर अधिकारी लगाएतले कृषि सहकारीले समाज सुधारका लागि गरेको काम प्रति खुसी व्यक्त गर्नुभएको थियो । उहाँहरुले आगामी दिनमा पनि कृषि उत्पादन, उत्पादकत्व बढाउनका साथै सदस्यहरुको जीवन सुधारका लागि काम गर्न पनि शुभकामना दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी