चाणक्य पूर्वीय दर्शनका माहिर पात्र हुन् । उनले राज्य, प्रशासन, व्यक्ति, समाज ,कुटनीति, युद्ध धेरै विषयमा सुत्रहरु पैदा गरेका छन् । चाणक्य नीति भनेर चिनिन्छ । उनले गरेको ब्याख्या मध्य आज हामी साम, दाम , दण्ड , भेदको बारेमा अर्थ खोज्दैछौं ।
नेपाली राजनीतिमा पनि धेरै सुनिने गरिएको छ साम, दाम , दण्ड, भेद सबै प्रयोग गरेर जीत्ने वा हार्ने कुरा भएको छ । यसको अर्थ भने यस्तो छ ।
१. सामः राम्रो बोलेर वा राम्रो व्यवहार गरेर दोस्रो पक्षलाई आफ्नो अनुकुल बनाउनु साम हो ।
२. दामःआफ्नो अधिकार भित्र रहेको पैसा दोस्रो पक्षलाई दिएर त्यसको बदला आफ्नो चीज प्राप्त गर्नु दाम हो ।
३ः दण्डः दुष्मनको प्राण लिनु, धन छिन्नु, या शारीरीक दण्ड दिनु दण्ड हो ।
४.भेदः दुष्मनहरु भित्र आपसी कलह पैदा गराउनु भेद हो ।
यसरी चाणक्यले आफूले जीत हात पार्न यस्ता नीतिहरुको ब्याख्या गरेका छन् ।