धान उत्पादनमा रेकर्ड तोडिँदै, ५८ लाख मेट्रिक टन फलेको अनुमान

धान उत्पादनमा रेकर्ड तोडिँदै, ५८ लाख मेट्रिक टन फलेको अनुमान

  • बुधबार, कार्तिक ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं, कार्तिक ७ । गत वर्षभन्दा यो वर्ष करिब साढे ६ लाख टन धेरै धान फलेको अनुमान गरिएको छ ।

अहिलेसम्मकै रेकर्ड तोड्दै चालू आर्थिक वर्ष ०७५/७६ मा करिब ५८ लाख मेट्रिक टन धान फल्ने प्रक्षेपण कृषि तथा पशुपक्षी मन्त्रालयले गरेको छ । गत आर्थिक वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान फलेको थियो ।

विगतमा सबैभन्दा धेरै आर्थिक वर्ष ०७३/७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

धान रोपण क्षेत्र वृद्धि, समयमै रोपाइँ, अनुकूल मौसम, सिँचाइ, प्रविधि, मल बीउको राम्रो व्यवस्था हुँदा धान उत्पादन बढेको मन्त्रालयका सचिव युवकध्वज जिसीले बताए । –नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी