बजारमा एक जना वेलुन व्यापारी । उसँग थुप्रै रंगका वेलुनहरु थिए, रातो, निलो, पहेलो, गुलावी आदि आदि । जब उसको व्यापार मन्द हुन्थ्यो अनी उसले हेलियम भरिएको रंगीचंगी वेलुन हावामा छोडिदिन्थ्यो । ती बेलुन उड्दै माथी जान्थे । केटाकेटीहरुले ती माथी उड्दै गरेको बेलुन देखेपछि हुरुरर दौडदै बेलुन किन्न उसकोमा पुग्थे । यसरी उसले आफ्नो व्यापारलाई निरन्तरता दिइरहेको थियो । जब जब व्यापारमा मन्दता आउथ्यो उ पुन रंगीन वेलुनहरु उडाइहाल्थ्यो ।
यस्तैमा एकदिन, उक्त वेलुन व्यापारीले आफ्नो ज्याकेट कसैले पछाडीबाट तानेको महशुस गर्छ र पछाडी फर्कन्छ । त्यहा एउटा सानो केटो थियो, त्यो सानो केटोले वेलुन तर्फ हेर्दै सोध्छ, ‘के तपाई कालो रंगको बेलुलाई यस्सै गरी उडाउनुभयो भने, के त्यो उड्छ ?’
वेलुन व्यापारीले सानो केटोको निर्दोष अनुहारमा हेर्छ अनी मन्द मुस्कान छोड्दै भन्छ, ‘वावु, बेलुन माथी उड्नमा यसको रंगले कत्ति पनि फरक पार्दैन । प्रत्येक वेलुनलाई माथी उठाउने त उस भित्रको तत्वले हो । चाहे त्यो कालो होस् वा सेतो त्यसलाई हमेश उ भित्र जुन हावा भरिएको छ त्यसैले माथी उठाउदछ ।’
साभार : शिव खेराको यू क्यान विनबाट