१. मानव मस्तिष्कले जे चाहन्छ र विश्वास गर्छ, त्यो पाउन सक्छ । – नेपोलियन हिल
२. सफल बन्नका लागि होइन, बरू मूल्यवान बन्नका लागि संघर्ष गर । – अल्बर्ट आइन्स्टाइन
३. जंगलमा दुई बाटो छुट्टिएका थिए, मैले सबैभन्दा कम हिडिने बाटो रोजे र यसले नै मेरो सबै थोक बदलिदियो । – रोबर्ट फ्रस्ट
४. मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो । – फ्लोरेन्स नाइटिंगेल
५. तिमीले ती सम्पूर्ण अवसरहरू गुमायौ जुन तिमीले लिएकै थिएनौ । – वाएन ग्रेट्की
६. मैले आफ्नो करियरमा ९००० अवसरहरू गुमाए । मैले झण्डै ३०० खेल हारे । २६ पटक खेल जित्छु भन्ने भरोसा हुदाँहुदै पनि ती सट गुमाए । म पटक, पटक धेरै पटक जीवनमा असफल भए । त्यसैले त आज म यतीको सफल हुन सके । – माइकल जोर्डन
७. लक्ष्य प्रतिको दृढ निश्चयता नै सबै उपलब्धिको पहिलो बिन्दु हो । – विलियम क्लेमेन्ट स्टोन
८. प्राय सबै मानिसले आफूसँग कुनै शक्ति छैन भन्ने सोचेर आफूसँग भएको अनन्त शक्ति त्याग गर्ने गर्दछन । – एलिस वाल्कर
९. हाम्रो मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्छौ त्यही बन्छौ । – गौतम बुद्ध
१०. रूख रोप्ने पहिलो उपयुक्त समय विस वर्ष पहिले थियो र दोश्रो उपयुक्त समय अहिले हो । – चिनिया उखान
११. हाम्रो सबैभन्दा ठूलो कमजोरी बिचैमा छोड्नु हो । सफल हुने सबैभन्दा पक्का उपाय हो, अझ एक पटक गर्नु । – थोमस एडिसन
१२. स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो सम्पती हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो । – गौतम बुद्ध
१३. हाम्रो महानता कहिल्यै नखस्नुमा होइन, बरू प्रत्येक खसाइ पछी उठ्नुमा हुन्छ । – कन्फ्युसियस
१४. तिमीले अरूलाई दिनसक्ने महान् उपहार भनेको निशर्त प्रेम र स्विकारोक्ती हो । – ब्राइन ट्रेसी
१५. विना साहस तिमीले यो संसारमा केही गर्न सक्दैनौ । यो जीवनको महानतम गुण हो । – अरस्तु
१६. पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछी छायाँ स्वतः पछी पर्नेछ । – हेलेन केलर
१७. आलोचनाबाट बच्ने तिन उपाय छन्, केही नगर, केही नभन, केही नबन । – अल्बर्ट हुबार्ड
१८. जुन कामप्रती तिमीलाई प्रेम छ हो त्यही गर, त्यसपछी पैसा उर्लेर आउनेछ । – मार्सा सिनेटर
१९. लक्ष्य लिएर अघि बढ्नुले सबैथोक बदलिदिन्छ । – स्कट रीड
२०. पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ । – नोर्मान भिनसेन्ट
२१. संसारको सबैभन्दा शुन्दर चिज न देख्न सकिन्छ न त सुन्न नै यसलाई हामीले हृदयबाट अनुभूत गर्नुपर्दछ । – हेलेन केलर
२२. हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै कत्ती पनि ढिला भएको छैन । – जर्ज इलियट
२३. प्रकृतीमा बाँच्ने सबैभन्दा बलियो प्रजाती होइन बरू त्यो हो जसले समयसँगै आफूमा परिवर्तन ल्याउन सक्छन । – चार्ल्स डार्विन
२४. सात पटक खस र आठ पटक उठ । – जापानी कहावत
२५. मान्छेहरू आफ्नो प्रगतिका लागि यो भएन, त्यो भएन भन्ने गर्छन्, तर मलाई लाग्छ कमल दलदल हिलोकै बिचमा फुल्छ, सफा माटो चाहियो भन्दैन, पिपलले कहिल्यै रूखो चट्टान छ भन्दैन, त्यसलाई फोरेरै उम्रन्छ । मनै देखि नआट्नेहरूले मात्र बाहना देखाउने हुन् । – केशर भण्डारी (यात्री)