राष्ट्रिय लाखेनाच प्रतियोगिता असोज ३ मा

राष्ट्रिय लाखेनाच प्रतियोगिता असोज ३ मा

  • शनिबार, भदौ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 24.5K
    SHARES

चितवन, ३० भदौ।

यही असोज ३ र ४ गते नारायणगढ बसपार्कमा छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा यस वर्ष ४० समूहले सहभागिता जनाउने भएका छन् । प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठका अनुसार पूर्वको इलामदेखि सुदुरपश्चिमसम्मका समूहले सहभागिता जनाउने छन् ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पाउने चार समूहले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार र रु १० हजार नगद पुरस्कार प्राप्त गर्ने निर्वतमान अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिनुभयो । प्रतियोगिता शुरु हुनु अगाडि असोज ३ गते बिहान नारायणगढमा शोभा यात्रा निकालिने छ । लोप हँुदै गएको संस्कृति जोगाउन र नयाँपुस्तालाई सभ्यताको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी