कर्णाली प्रदेशमा पहिलो पटक कृषि ज्ञानकेन्द्र स्थापना

कर्णाली प्रदेशमा पहिलो पटक कृषि ज्ञानकेन्द्र स्थापना

  • बिहिबार, भदौ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

सुर्खेत, २१ भदौ। 

कर्णाली प्रदेशमा पहिलो पटक दैलेखमा कृषि ज्ञानकेन्द्र स्थापना गरिएको छ ।

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले आज दैलेखको नारायण नगरपालिकामा कृषि ज्ञानकेन्द्र दैलेखको औपचारिक उद्घाटन गर्नुभयो । उहाँले कृषिको आधुनिकीकरणसँगै बजारीकरणका लागि तथा बजेट कार्यान्वयनका लागि कार्यालय स्थापना गरिएको बताउनुभयो । प्रदेशको कृषि क्षेत्रका लागि विनियोजित बजेटलाई गरीबमुखी बनाउन कार्यालय स्थापना गरेर अगाडि बढेको उहाँको भनाइ थियो ।

प्रदेश सरकार नागरिकको विकासका लागि गम्भीर रहेको भन्दै उहाँले बजेट अभावमा कुनै पनि कार्यक्रम तथा योजना अधुरो नरहने जिकिर गर्नुभयो । कर्णालीको विकासका लागि सबैभन्दा पहिले सबैको चेतना परिवर्तन आउन आवश्यक रहेको औँल्याउनुभयो । जिल्ला समन्वयका रुपमा संविधानले परिकल्पना गरेअनुसार सबै जिल्लामा कृषि तथा पशु ज्ञानकेन्द्र स्थापना दैलेखबाट शुरु गरिएको मन्त्री केसीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी