किन मनाइन्छ नागपञ्चमी ?

किन मनाइन्छ नागपञ्चमी ?

  • बिहिबार, साउन ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 25.3K
    SHARES

हामी सबैलाई थाहा छ नागपञ्चमी मध्य वर्षामा मनाइन्छ । यसको आफ्नै धार्मिक परम्परा भए पनि यसका पछाडि वैज्ञानिक कारण पनि छ । वर्षायामलाई धेरैजसो कीरा–फट्याङ्ग्राको प्रजनन काल मानिन्छ । सर्प पनि यस्तै कीरा–फट्याङ्ग्रामा पर्छ । वर्षायाममा बालीनालीलगायत मानिस तथा घरपालुवा जनावरलाई समेत यस्ता कीरा–फट्याङ्ग्राले बढी दु:ख दिन्छन् ।

त्यही दु:ख नहोस् भनेर कीरा–फट्याङ्ग्राको प्रतीकका रूपमा त्यसको नकारात्मक प्रभाव कम गर्ने उद्देश्यका साथ हिन्दू समाजले सर्पको पूजा गर्ने परम्परा चलाएको हो । अर्को कारण, वर्षायाममा जमिनमुनि बस्ने सर्पका दुलाहरू पानीले भरिंदा उनीहरू सुरक्षित आश्रय स्थलको खोजीमा सतहमा आउँछन् ।

यसरी सतहमा आएका सर्पले आफ्नो आहाराका लागि यत्र–तत्र विचरण गर्नुपर्ने हुन्छ । त्यसरी विचरण गर्ने क्रममा कतिपय सर्पले मानिसलगायत घरपालुवा जनावरलाई आक्रमण गर्ने सम्भावना हुन्छ । त्यस्तो अनिष्ट नहोस् भनेर हिन्दूहरूले नागको पूजा गर्ने, उनीहरूलाई आहाराको जोहो गरिदिने दिनका रूपमा नागपञ्चमी मनाउन थालेका हुन् ।

नाग पञ्चमीमा सर्प वा नागको चित्र गाईको गोबरले घरको ढोकामा टाँसिन्छ अनि त्यसमा दूध, दही, अक्षता, फूल, दूबो राखी ।

घरको ढोकामा नागको चित्र टाँस्नुको अर्थ सर्पले घरभित्र प्रवेश नपाओस् भन्ने नै हो । यसरी नाग पूजा गर्दा अष्ट कुलका नागहरू अनन्त अर्थात् शेषनाग, नागहरूका राजा बासुकी, पद्म, महापद्म, तक्षक अर्थात् पाण्डवहरूका नाति जन्मजयद्वारा नाग यज्ञ गरेर मारिएको नाग, कुलीर, कर्कट अर्थात् काठमाडौंको टौदहमा रोकेर राखिएको नाग तथा शंखनागको पूजा गरिन्छ ।

नागपूजा गर्नुको अर्को मान्यता वर्षायामको चट्याङ घरमा नपरोस् भन्नु पनि हो । ज्योतिषशास्त्रका अनुसार नाग पञ्चमी मनाइने तिथिका स्वामी नाग नै हुन् । नाग भूमिगत रहने हुनाले उक्त दिन खेत–बारी जोत्नु वा खन्नु हुँदैन भन्ने मान्यतासमेत रहँदै आएको छ । साप्ताहिकबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी