धुवाँ–धुलोले सबैभन्दा बढी असर पैदलयात्रुलाई पारेको हुन्छ । दीर्घरोगीका लागि त यसको प्रभाव अझ बढी हानिकारक हुन्छ ।
मुटु, मिर्गौला, आँखा र दमका रोगीलाई धुलोको असर तत्काल देखिने गर्छ ।
यसको असर अझ बढी आँखामा पर्ने गर्छ । आँखालाई धुलोबाट नबचाउँदा फुट्ने, आँखा देख्न बन्द हुनेजस्ता समस्या आउँछ । धुवाँ–धुलोकै कारण आँखा चिलाउने, इन्फेक्सन हुनेजस्ता समस्या देखा पर्छ ।
कसरी बच्ने ?
काठमाडौंमा धुलो अत्यधिक छ । त्यसैले बाहिर हिँड्दा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । सामान्य मास्कले पूरै धुलो छेक्न सक्दैन, त्यसैले राम्रो मास्क प्रयोग गर्नुपर्छ । आँखा, टाउकोलाई सुरक्षित राख्न चस्मा र स्कार्फ लगाउनु उत्तम हुन्छ ।
बाहिरबाट घर फर्किएपछि सबैभन्दा पहिले साबुनपानीले राम्रोसँग हात–मुख धुनुपर्छ । साबुनपानीले हात धुँदा हाम्रो हातमा रहेका ८० प्रतिशत कीटाणु नष्ट हुन्छन् । विभिन्न सरुवा रोग सर्ने माध्यम धुवाँ–धुलो नै बन्ने गरेको छ । यसकारण घर छिर्नुभन्दा पहिले हात–मुख राम्रोसँग धोएर जानुपर्छ ।