छरुवा धानखेतीप्रति किसानको आकर्षण

छरुवा धानखेतीप्रति किसानको आकर्षण

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

कञ्चनपुर, १३ असार । थोरै मेहनतमा धेरै उत्पादन लिन सकिने भएपछि बेलौरीका किसान छरुवा धानखेती प्रविधि अपनाउन थालेका छन् ।

समयमै वर्षा नहुँदा धान रोपाइँ गर्न ढिलो भई उत्पादनमा ह्रास आउने समस्याबाट छुटकारा पाउन किसानले छरुवा धानखेती प्रविधिलाई अपनाएका हुन् ।

डेढ बिघा खेतमा चार वर्षदेखि छरुवा विधिबाट धानखेती गर्दै आउनुभएका बेलौरी नगरपालिका–६ का खडक चौधरी रोप्ने विधिभन्दा छरुवा धानखेती प्रविधिबाट बढी उत्पादन लिन सकिने बताउनुहुन्छ । बेर्ना जोगाउन धौ धौ पर्ने तथा मजदूर नपाउँदा रोपाइँ गर्न ढिलो हुँदा चाहेजस्तो उत्पादन लिन नसकिने उहाँले बताउनुभयो ।

खेतमा चिस्यान कायम गर्न एकपटक सिँचाइ गरी दुईपटक खेतलाई जोतेर सिडड्रिलको सहायताले एकैसाथ मल र बीउ छरेर खेती गर्दा लागत खर्च कम आउने र उत्पादनमा वृद्धि हुने चौधरीको भनाइ छ । जिरो टिलेज प्रविधिमा आधारित भई छरुवा धान प्रविधि अपनाउँदा झारपातको समस्या देखिन थालेपछि दुईपटक जोतेर किसानले छरुवा धान विधिलाई अपनाउन थालेका हुन् ।

“छरुवा प्रविधि अपनाई खेती गर्दा खर्च कम आउने गरेको छ,”उहाँले भन्नुभयो ।

छरुवा विधिमा बढी उत्पादन दिने बिआर ११३, राधा ४ र सुक्खा धानको खेती किसानले गर्दै आएका छन् । कृषि विकास शाखाका प्राविधिक हरिश सेटीका अनुसार बीउ, मल र विषादी अनुदानमा उपलब्ध गराउँदैआएको छ ।

अनुदान पाएपछि किसान उत्साहीत

लालझाडी गाउँपालिका कार्यालयले व्यावसायिक खेती गर्नका लागि आधुनिक कृषि उपकरण र अनुदान उपलब्ध गराएपछि किसान उत्साहित बनेका छन् । उखु, बगरखेती र व्यावसायिक तरकारी खेती गर्न उनीहरू उत्साहित देखिएका हुन् ।

लालझाडी गाउँपालिका– ३ का रामप्रसाद चौधरीले अनुदान पाएपछि दोदा नदीको डेढ बिघा जग्गामा लौका, फर्सी, काँक्रा, तरभुजालगातका तरकारी रोपेर तीन महिनामा रु दुई लाख ५० हजार आम्दानी गर्नुभयो । कृषि शाखाले बगरमा व्यावसायिक तरकारी खेती गर्ने २० किसानलाई तालीमसँगै रु एक लाख अनुदान उपलब्ध गराएको थियो ।

लालझाडी गाउँपालिका– ६ का गौरीदेवी चौधरीले पाँच कट्ठा जग्गामा तरकारीखेती गरी रु एक लाख ६० हजार आम्दानी गर्नुभयो । अनुदान पाएपछि उहाँले बाह्रैमास तरकारी फलाउन थाल्नुभएको छ ।

गाउँपालिकाको कृषि शाखाका प्रमुख एकराज वलीका अनुसार कार्यालयले रु ५० लाख ७१ हजार परिचालन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी