नेपालमा बेमौसमी गोलभेंडा खेतीमा पछिल्लो समय “टुटा”को आक्रमण अहिले किसानको टाउको दुखाईको बिषय बनेको छ । यसबाट देशव्यापी रूपमा ठूलो समस्या उत्पन्न भईरहेको छ ।
यसलार्इ कमी गर्न सकेमात्र किसानहरूकाे लगानी र श्रमकाे उचित सम्मान हुने अवस्था छ ।पछिल्लाे समय नेपालमा देखिएकाे यस समस्यालार्इ कमी गर्ने उद्देश्यले निजी क्षेत्रकाे पहलमा “टुटा” नियन्त्तरणकाे लागि निजी क्षेत्रकाे पहलमा केही महत्वपूर्ण पहलहरू शुरू भएकाे पार्इन्छ ।
हालैमात्र किसानहरूमा “टुटा”काे समस्यालार्इ नियन्त्रण र उत्पादनमा कसरी वृद्दि ल्याउने भन्ने सम्बन्धमा अध्ययन तथा स्थलगत स्थलगत भ्रमण तथा प्रशिक्षणात्मक कार्यक्रमहरू समेत हुन थालेका छन् ।
हालै मात्र नेदरल्याडको कृषि प्राविधिक टाेली सहितकाे एउटा टीमले नुवाकोटको म्याधाङ गाउँपालिकाकाे वडा नम्बर २ र ४ मा पर्ने किम्ताङ र बुङ्तानका कृषकहरुलाई लक्षित गरी नयाँ प्रविधिमा अाधारित राेग तथा किरा नियन्त्रण र बाली व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेकाे छ ।
उक्त अवसरमा उच्च मूल्यका तरकारीजन्य कृषि वस्तुहरूकाे उत्पादन, थाेपा सिँचार्इ प्रविधिकाे जानकारी, प्रयाेग र व्यवस्थापन लगायतका विविध विषयहरूमा समेत किसानहरूलार्इ प्रशिक्षित गरिएकाे थियाे ।
AWOकाे अार्थिक सहयाेगमा अायाेजना गरिएकाे उक्त कार्यक्रममा AWO ले आर्थिक सहयोग उपलब्ध गराएको हो भने CARDSAN र सर्वोदय नेपाल नामक २ संस्थाले तालिम सञ्चालन गरेका हुन् । उक्त तालिममा प्रशिक्षण कार्य नेपाल एग्राे लाइभ प्रा.लि.ले उपलब्ध गराएकाे थियाे ।
उक्त प्रशिक्षण कार्यक्रम किसानहरूकाे लागि निकै नै प्रभावकारी भएकाे बताइएकाे छ ।
साथै उक्त कार्यक्रमले नुवाकाेटमा मात्र नभर्इ देशका अन्य पहाडी क्षेत्रका किसानहरूमा अाधुनिक कृषि प्रति जागरण ल्याउन र कृषिजन्य उत्पादनहरूमा बढावा ल्याइ विदेशिने युवा शक्तिहरूलार्इ नेपालमा नै राेक्न समेत महत्वपूर्ण सहयाेग पुग्ने अपेक्षा समेत राखिएकाे छ ।
नेपाल एग्राे लाइभ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजन गैरे उक्त कार्यक्रमबाट स्थानीय जनताहरू निकै नै लाभान्वित भएकाे र उक्त कार्यक्रमलार्इ केही ठाउँमा मात्र सीमित नराखी देशका अधिकांश क्षेत्रहरूमा विस्तार गर्नकाे निम्ति अाफूहरू लागिपरेकाे र यसमा सम्पूर्ण सराेकारवाला निकायहरूकाे साथ अावश्यक रहेकाे समेत सेताेघर डट कमसँगकाे कुराकारीकाे क्रममा बताउनुभएकाे छ ।
साथै अाफूहरूले किसानहरूलाइ एकपटक तालिम दिनेमात्र नभर्इ नर्सरी देखि पोष्ट हार्भेस्ट सम्मका सबै कार्यहरूमा प्रत्यक्ष संलग्न रहने हुनाले अहिले सम्म सञ्चालन हुँदै अाएका कृषि कार्यक्रमकाे तुलनामा याे कार्यक्रम बढी प्रभावकारी देखिएकाे छ ।
हाल खासगरी कृषि प्रविधि र बाली व्यवस्थापनमा केन्द्रित रहेको यस तालिमले स्थानीय जनजिवीकामा पुर्याउने याेगदान निकै नै महत्वपूर्ण हुने अपेक्षा गर्न सकिन्छ ।



