जागिर त्यागेर गाउँमै बाख्रापालन, बोयर जातका बाख्राबाट मनग्य आम्दानी

जागिर त्यागेर गाउँमै बाख्रापालन, बोयर जातका बाख्राबाट मनग्य आम्दानी

  • सोमवार, जेष्ठ २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

म्याग्दी, २८ जेठ।

बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गर्न अष्टे«लियाबाट बोयर जातका बाख्रा ल्याउनुभएको छ ।

विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएका रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्ने उद्देश्यले अष्टे«लियाबाट दुईवटा पाठी र दुईवटा बोयर जातका बोका ल्याउनुभएको हो ।

“बोयर जातका बाख्रा खरिद गर्न रु नौ लाख खर्च भएको छ,” उहाँले भन्नुभयो । थोरै समयमा धेरै तौल बढ्ने उक्त जातको बाख्रापालनका लागि ल्याइएका बोका र पाठीबाट शुद्ध बोयर बाख्रा उत्पादन गरिनेछ । उहाँले यसअघि धार्के र सुर्खेतबाट ल्याइएका बोयरबाट स्थानीय जातमा क्रस गरी नश्ल सुधार गर्दै आउनुभएको छ ।

“पचासदेखि ७५ प्रतिशतसम्म बोयरको नश्ल सुधार हुने गथ्र्यो, अब शतप्रतिशत बोयर उत्पादन हुन्छ” रिजालले भन्नुभयो ।

अहिले क्रस गरी उत्पादन भएका बोयर बोका प्रतिकिलो रु दुई हजारभन्दा बढी मूल्यमा बिक्र हुने गरेको छ । शतप्रतिशत शुद्ध बोयर बाख्राको मूल्य प्रतिकिलो चार हजारभन्दा बढी पर्छ । छिटो तौल बढ्ने र आम्दानी पर्याप्त हुने भएपछि पछिल्लो समय कृषक बोयर बाख्रापालनतर्फ आकर्षित भएका छन् ।

जागिर त्यागेर गाउँमै बाख्रापालन गर्नुभएका रिजालले शुरुवातमा नौवटा बाख्राबाट व्यवसाय शुरु गर्नुभएको हो । उहाँले सञ्चालन गर्नुभएको धौलागिरि व्यावसायिक बाख्रा फार्ममा अहिले स्थानीय, बोयर र क्रस बोयर जातका गरी ४३ वटा बाख्रा रहेका छन् । वार्षिकरुपमा रु चार लाखभन्दा बढीका बाख्रा बिक्री गर्दै आएका रिजालले आगामी दिनमा शुद्ध बोयर जातका बाख्रापालन गर्ने लक्ष्य लिनुभएको छ ।

सामान्यतया ६ महिनासम्म पालेको बोयर बाख्रा ३० किलोभन्दा बढीको हुने गर्छ । कृषकले एउटै बोकालाई ६० किलोभन्दा बढी तौलसम्म बनाएर बिक्री गर्दै आएका छन् । खसीबोका र माउ बाख्राको माग बढेसँगै फार्ममा लगानीसमेत बढाउँदै लगेको रिजाल बताउनुहुन्छ ।

रिजालले हालसम्म माउ बाख्रा खरिद, खोर निर्माणलगायतमा गरी रु २० लाखभन्दा बढी लगानी गर्नुभएको छ । बाख्रापालनका लागि उहाँले करीब ३० रोपनी जग्गामा जिल्ला वन कार्यालयको सहयोगमा रायोखन्यु, दुधेलो, किम्बु, टाँकी, निमारोलगायतका घाँसखेती गर्नुभएको छ । उहाँलाई जिल्ला पशु सेवा कार्यालयले समेत भुइँघाँससहित आवश्यक प्राविधिक सहयोग गर्दै आएको छ ।

बोयर जातको बाख्राको छिटो शारीरिक वृद्धि, तौल बढी, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी भएको र स्थानीय हावापानी अनुकूल भएकाले नेपालमा बोयर जातका बाख्रापालनतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी