कोठा सजाउन टिबेटियन आर्ट
टिबेटियन आर्टलाई टिबेटियन हेन्डिक्राफ्ट पनि भन्ने गरिन्छ । यो तिब्बतबाट विकसित भएको संकृति हो । यो बुद्धिस्ट संस्कृतिमा आधारित हुन्छ । यस्तो आर्ट काठ वा भित्तामा गरेर कोठा वा घर, रिसेप्सन डेकोरेट गर्न सकिन्छ ।
विशेषगरी फूल, बुद्ध, ड्र्यागनको आर्टलाई रुचाइन्छ । भित्तामा बोर्ड फ्रेमिङ गरेर, सिन राखेर पनि कोठा सजाउन सकिन्छ ।
यद्यपि, आर्टिस्टलाई लिएर आफ्नो अवश्यकताअनुसार टिबेटियन डिजाइन गर्न पनि सकिन्छ । नेपालमा यसरी कोठा डेकोरेट गर्ने प्रचलन निकै बढ्दो छ ।
यसरी सजाउनुस:
टिबेटियन आर्टलाई सोपिसका विभिन्न आकृति राखेर कोठा सजाउन सकिन्छ । जस्तो कि काठको फर्निचरमा यसको आर्ट गरेर डेकोरेट गर्न सकिन्छ । यसलाई ऐना, वाल पेन्टमा राख्न सकिन्छ ।
टेबलमा पनि यस्तो प्रकारको आर्ट गरेर कोठा सजाउन सकिन्छ । यसो गर्दा एक त टेबलको काम हुन्छ, अर्को कोठाको सौन्दर्य पनि बढ्छ । जुन, टिबेटियन हेन्डिक्राफ्टकै पसलमा पनि उपलब्ध हुन्छन् ।
कफी टेबलको रूपमा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।
घरायसी सामग्री राख्न कोठामा प्रयोग गरिने दराजमा पनि यस्तो आर्ट प्रयोग गरेर यसको सान बढाउन सकिन्छ ।
कतिलाई टिभी कहाँ र कसरी सजाउने भन्ने तनाव हुन सक्छ । त्यसका लागि टिबेटियन आर्ट एउटा उपयुक्त विकल्प हुन सक्छ । यसलाई एलइडी टिभी राख्ने टेबलको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
त्यस्तै, टेलिफोन राख्ने टेबलमा पनि यस्तो आर्ट प्रयोग गरेर कोठालाई नयाँ स्वरूप दिन सकिन्छ ।
यसलाई भ¥याङमा पनि राख्न सकिन्छ । र्भयाङको दुई कुनामा पेन्ट गरिएका स–साना बक्स राख्न सकिन्छ । र, त्यो बक्समा फूलदानी राखेर पनि घरको शोभा बढाउन सकिन्छ ।
अहिले होटेलका रिसेप्सनमा यस्तो डेकोरेसन गर्ने प्रचलन बढ्दो छ । यसरी आर्ट गरेर सोफा पनि निर्माण गर्न सकिन्छ ।

