आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाइने,कानुन संशोधनका पक्षमा ६६.४ प्रतिशत मत

आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाइने,कानुन संशोधनका पक्षमा ६६.४ प्रतिशत मत

  • आइतवार, जेष्ठ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी, जेठ १३ । गर्भपतनसम्बन्धी कानुन संशोधनका विषयमा भएको जतमत संग्रहमा ६६.४ प्रतिशतले गर्भपतनलाई कानुनी मान्यता दिनुपर्ने पक्षमा मतदान गरेपछिआयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाइने भएको छ ।

जनमत संग्रहमा ३३.६ प्रतिशतले भने अहिलेको कानुनलाई नै निरन्तरता दिनुपर्ने मत जाहेर गरेका छन् । आयरल्यान्डमा अहिले गर्भपतनलाई अवैध मानिन्छ ।

अहिलेको संविधानमा गर्भवती महिलालाई जस्तै गर्भमा रहेको बच्चालाई पनि समान अधिकार रहेको उल्लेख छ । गर्भपतनको कानुनलाई परिवर्तन गर्ने पक्षमा मत आएपछि अब आयरिस सरकारले ल्याएको प्रस्तावअनुसार गर्भावस्थाको १२ हप्ताभित्रमा महिलाले गर्भपतन गर्न पाउनेछन् ।

महिला अधिकारकर्मीहरुले गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाउनुपर्ने माग गर्दै आएपछि जनमत संग्रह गरेको हो ।

गर्भपतनसम्बन्धी प्रतिबन्ध हट्ने भएपछि त्यहाँका महिलाले खुसीयालीमा जुलुस निकालेका छन् ।

आयरल्याण्डका प्रधानमन्त्री लीओ भराडकरले मुलुकले इतिहास रचेको बताएका छन् । उनले गर्भपतनसम्बन्धी कानुनमा सुधार ल्याइनुपर्ने पक्षधर अभियानलाई समर्थन गरेका थिए ।

जनमत संग्रहमा मतदातालाई आठौं पटक संशोधन भनिने संविधानमा भएको प्रावधान हटाउनुपर्छ वा राख्नुपर्छ भन्ने प्रश्न सोधिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ