संसारभर बढ्यो कम्युनिज्म र मार्क्सवादको प्रभाव, कुन देशमा कति वटा कम्युनिष्ट पार्टी सक्रिय छन् ? (सूचीसहित)

संसारभर बढ्यो कम्युनिज्म र मार्क्सवादको प्रभाव, कुन देशमा कति वटा कम्युनिष्ट पार्टी सक्रिय छन् ? (सूचीसहित)

  • आइतवार, जेष्ठ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

वरिष्ठ वामपन्थी पत्रकार कृष्णज्वाला देवकाेटाले नेपाललगायत विश्वभरिमा कम्युनिस्ट वा वामपन्थी पार्टीहरूकाे क्रियाशिलता निकै ठूलाे संख्यामा रहेकाे तथ्यांक खुलासा गरेका छन् ।

उनले नयाँ पत्रिका दैनिकमा लामाे खाेजमुलक लेख लेख्दै भारतदेखि अमेरिकासम्ममा कम्युनिस्ट पार्टीकाे संख्या ठूलाे रहेकाे उल्लेख गरेका छन् ।

शुद्ध कम्युनिस्ट पार्टीदेखि संशाेधनवादी कम्युनिस्टसम्मकाे पार्टीलार्इ जाेडेर उनले संसारमा अाज पनि मार्क्सवादका अनुयायीहरू निकै बढेकाे बताएका छन् ।

देवकाेटालाे जारी गरेकाे तथ्यांककाे डाटा यस्ताे छ –

नेपालमात्र होइन, संसार नै कम्युनिस्ट पार्टीहरूका संख्यामा भने अत्यन्त धनी छ । भारतमा ४९ वटा कम्युनिस्ट पार्टी क्रियाशील छन्, खुमेनीको इरानमा समेत १६ वटा ‘सक्रिय’ कम्युनिस्ट पार्टी छन् । बेलायतमा आफूलाई माओवादी भन्ने पार्टीमात्र नौवटा छन्, अरू ‘संशोधनवादी’ थप्दा १७ पुग्छन् ।

इटालीमा ११ वटा कम्युनिस्ट पार्टी छन्, रुसमा १२, स्पेनमा २९, स्विडेनमा ४, टर्कीमा १९, अमेरिकामा १५, युक्रेनमा ७, इटालीमा १० र हंगेरीमा ५ । जापानमा ९, मेक्सिकोमा ६, प्यालेस्टाइनमा ५, पेरुमा ५, पोर्चुगल र बंगलादेशमा ९ कम्युनिस्ट पार्टीले क्रान्तिको प्रतीक्षा गरिरहेका छन् ।

ब्राजिलमा ४, क्यानडामा ५, ताइवानमा ४, कोलम्बिया र डोमेनिक रिपब्लिकमा ९ अनि इक्वेडरमा ६ वटा कम्युनिस्ट पार्टी मार्कसवादको सेवामा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी