वर्मअप नगर्नु – धेरैजसोले वार्मअप नगरी नै भारी उचाल्न थाल्छन्, जसले गर्दा मांसपेशीमा चोट पुग्छ । तन्तुसम्म फाट्ने हुन सक्छ । त्यसैले कम्तिमा १० मिनेटको वार्मअप (शरीरलाई व्यायामको लागि तयार पार्नु) गर्नुहोस्, जस्तै साइक्लिङ, जगिङ्ग, नाच्ने गर्नुहोस् ।
उचाईमा असर – प्राय जसो जिम जानअघि उचाईबारे चर्चा गरिँदैन र सिधे गह्रौँ तौल उठाउन थाल्छन्, जसले गर्दा उचाई वृद्धिमा बाधा गर्छ । यस्ता थुप्रै व्यायाम छन्, जसले तपाईलाई व्यायाम पनि हुन्छ र तपाईको उचाई पनि वृद्धि गर्छ ।
स्ट्रेचिङ नगर्नु – व्यायाम सकिएपछि सिधा घर जाने चलन छ । तर, त्यसअघि शरीरलाई सेलाउन दिनुपर्छ । यसका लागि स्ट्रेचिङ गर्न जरुरी हुन्छ । जसमा सूर्य नमस्कार वा अन्य कुनै व्यायाम गर्न सक्नुह्ुन्छ । स्ट्रेचिङले तपाईको शरीरलाई सन्तुलनमा राख्छ
सही पोसाक छनोट नगर्नु – जिम जाँदा लगाइने कपडा सजिलो हुन आवश्यक हुन्छ । चप्पल वा छालाको जुत्ता लगाउनु हुँदैन । जिममा हिजोआज ‘आयरन वेल्ट’ लगाउने गरिन्छ । यस्तोमा व्यायाम गर्ने व्यक्तिले स्पोर्टस्, ट्र्या पाइन्ट र टिसर्ट लगाउनुपर्छ ।
पौष्टिक आहार नलिनु– कडा व्यायामपछि डाइट अथवा पौष्टिक खाना नखाएमा मसल्स बन्न सक्तैन । यसका लागि प्रसस्तै कार्बोहाइड्रेट वा प्रोटिन भएको खानेकुरा खान आवश्यक हुन्छ, जस्तै ब्राउन राइस, दाल, चना, अण्डाको सेतो भाग, पनीर, दुध आदि ।
ट्रेनरको सल्लाह नलिनु – युट्युव हेरेर व्यायाम गर्नाले तपाईको शरीर सही आकारमा नआउन पनि सक्छ । त्यसैले जिम ट्रेनरबाट जानकारी लिएर व्यायाम गर्नुहोस् ।