असिनापानीले २० करोडको केराखेती सखाप

असिनापानीले २० करोडको केराखेती सखाप

  • सोमवार, बैशाख २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

चितवन, २४ वैशाख । 

हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ । 

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण अहिलेसम्मकै बढी केराखेती क्षति भएको छ । पदमपुर, चैनपुर र पिठ्वामा बढीजसो केराखेती नष्ट भएको छ ।

पन्तको १८ बिगाहामा लगाएको केराखेती पूरै नष्ट भएको छ । उहाँले क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो । कालिका– २ र ३ मा तथा भरतपुरको ठिमुरामा पनि केराखेती नष्ट भएको छ ।

“नयाँ लगाएको बिरुवाबाहेक अरु फलेका केरा सबै ढलेर नष्ट भएको छ,” उहाँले भन्नुभयो । यसअघि पनि पटक पटक केरा व्यवसायीले ठूलो क्षति व्यहोरेका थिए । अधिकांशले केराखेतीको बिमा नगर्दा ठूलो नोक्सानी भएको छ ।

चितवनमा केराखेतीमा ६०० भन्दा बढी किसान संलग्न छन् । उनीहरुमध्ये १६५ किसानले मात्रै बिमा गराएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी