काठमाडौं, बैशाख २३ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज राती तीन खेल हुनेछन् । लिभरपुल र चेल्सी आमने सामने हुँदा च्याम्पियन म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनसँग खेल्नेछ । यसैगरी आर्सनलको भिडन्त बर्न्लेसँग हुनेछ ।
यसअघि भएकाे खेलमा टोटनह्याम हट्सपरलाई वेष्ट ब्रोमले १-० ले हराएको छ ।
गएराति भएको खेलको अन्तिम मिनेटमा वेष्ट ब्रोमका जेक लिभरमुरले गरेको एक गोल नै निर्णायक बन्यो ।
प्रिमियर लिगकै अन्य खेलमा क्रिष्टल प्यालेसले स्टोक सिटीलाई २-१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले लेस्टर सिटीलाई २-० ले पराजित गर्यो ।
यसैगरी बर्नमाउथले स्वान्सी सिटीलाई १-० ले तथा वाट्फोर्डले न्युकासल युनाईटेडलाई २-१ ले पाखा लगाए । एभर्टन र साउथह्याम्पटनले भने १-१ गोलको बराबरी खेलेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline