आयोजक दमकलाई हराउँदै आर्मी सेमिफाइनलमा

आयोजक दमकलाई हराउँदै आर्मी सेमिफाइनलमा

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

 

दमक, २२ वैशाख

आयोजक दमक–११ लाई हराउँदै त्रिभुवन आर्मी क्लब दमकमा जारी दमक गोल्डकप फूटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो क्वाटरफाइनल खेलमा आयोजकलाई ६–० ले फराकिलो गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुग्न सफल भएको हो ।

स्थानीय दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा आर्मीका नवयुग श्रेष्ठले छैठौँ मिनेटमै गोल गर्नुभएको थियो । दोस्रो गोल खेलको २० औं मिनेटमा कप्तान भरत खवास, २२ औं मिनेटमा पुनः नवयुगले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्नुभएको थियो । ५३ औं मिनेटमा आर्मीका लागि विमल पाण्डेले चौथो गोल गर्नुभयो ।

त्यस्तै, ६८ औं मिनेटमा जर्ज प्रिन्स कार्की र ८५ औं मिनेटमा नवयुगले टिमका लागि छैटौं तथा व्यक्तिगत ह्याट्रिक पूरा गर्नुभएको थियो ।

आर्मीले मनाङ मस्र्याङ्दी क्लब र सरस्वती क्लबबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । खेलमा विजेता आर्मीका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै रु ११ हजार प्राप्त गरे ।

गोल्डकपको विजेताले रु १३ लाख ११ हजार तथा उपविजेताले रु छ लाख प्राप्त गर्नेछ । गोल्डकपमा आइतबार थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच क्वार्टरफाइनल खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ