सुन्धारा क्लब सेमिफाइनलमा प्रवेश

सुन्धारा क्लब सेमिफाइनलमा प्रवेश

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

 

पाँचथर, २२ बैशाख। 

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा सुन्धारा क्लब, काठमाडौँ विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वार्टरफाइनल खेलमा कर्णसिंङ सोनाम मेमोरियल फुटबल क्लब ताप्लेजुङलाई ४–२ गोल अन्तरले पराजित गर्दै सुन्धारा क्लब, काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको हो ।

काठमाडौँको जितमा विशाल राईले खेलको १० औँ मिनेटमा, खामिर गिल्सन कन्दङवाले २६ औँ मिनेटमा, कर्ण लिम्बूले ३३ औँ मिनेटमा र ६४ औँ मिनेटमा पुजन उपरकोटीले गोल गरे ।

ताप्लेजुङका लागि ३७ औँ मिनेटमा दीपक लिम्बू र ७६ औँ मिनेटमा क्रिस राईले गोल गरे । खेलको म्यान अफ द म्याच सुन्धारा क्लब काठमाडौँका निशान्त खड्का घोषित हँुदै रु पाँच हजार प्राप्त गरे ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताका विजेताले ट्रफीसहित रु तीन लाख ११ हजार १११ प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाख ५१ हजार १११ प्राप्त गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ