एन्फाको अध्यक्षमा कर्मा छिरिङ शेर्पा वियजी, नेपाली फुटबलमा गणेश थापा युगको अन्त्य

एन्फाको अध्यक्षमा कर्मा छिरिङ शेर्पा वियजी, नेपाली फुटबलमा गणेश थापा युगको अन्त्य

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौं, २२ वैशाख ।

अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्मा छिरिङ शेर्पा वियजी भएका छन् ।

ललितपुरमा आज भएको चुनावबाट शेर्पा प्रतिस्पर्धि मणी कुँवरलाई ५१ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् ।

शेर्पाले ६३ र कुँवरले १२ मत पाएको निर्वाचन समितिले जनाएको छ । यो नतिजासंगै नेपाली फुटवलमा गणेश थापा युगको अन्त्य भएको छ । शेर्पा लामो समयदेखि एन्फा शुद्धिकरणको अभियान चलाइरहेका एन्फाकै पुर्व पदाधिकारी हुन्

छिरिङ समुहले उपाध्यक्ष सहित बहुमत सदस्यमा पनि जीत हात पारेको छ । एन्फाको उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णवहादुर थापा र वीरबहादुर खड्का विजयी भएको निर्वाचन समितिले जनाएको छ । चारैजना कर्मा नेतृत्वको प्यानलबाट उम्मेद्वार थिए । नेम्वाङले ६१ सिहंले ५८ थापाले ५२ र खडकाले ३९ मत पाएको निर्वाचन समितिले जनाएको छ । ४ जना उपाध्यक्षका लागि ९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

यस्तै, नयाँ कार्यसमितिका ११ जनै सदस्यको नाम पनि टुंगो लागेको छ । जस अनुसार दावा लामा ९५६० दिनेश ब्यन्जनकार ९५५० दीर्घबहादुर केसी ९५५०, पूर्णमान चित्रकार ९५५०, बिजय घले, ९५३० निरोज खड्की ९५२०, किरण राइ ९५००, मधुसूदन उपाध्याय ९४८०, प्रदेशसिंह राठोर ९४८०, रत्नकुमार श्रेष्ठ ९४८० रबिन्द्रनाथ श्रेष्ठ ९४२० विजयी भएका छन् ।

११ जनाको लागी २९ जना उम्मेद्वार थिए । महिला सदस्यमा यसअघि नै पेम्बा लामा निर्बिरोध निर्वा्चित भएकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ