मुम्बई इन्डियन्स आईपीएल क्रिकेटकाे पाँचौ स्थानमा उक्लियाे

मुम्बई इन्डियन्स आईपीएल क्रिकेटकाे पाँचौ स्थानमा उक्लियाे

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, बैशाख २२ । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटकाे पाँचौ स्थानमा उक्लिएको छ । पञ्जावको भने ८ खेलबाट १० अंक छ र ऊ चौथो स्थानमा कायम छ ।

गएराति भएको खेलमा विजयी भएसँगै मुम्बई इन्डियन्स ९ खेलबाट ६ अंक बटुलेको मुम्बई पाँचौ स्थानमा उक्लिएको हाे।

किङ्स इलावेन पञ्जावलाई ६ विकेटले हराउँदै मुम्बईले अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

इन्दोरमा भएको खेलमा जितका लागि पाएको १ सय ७५ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईलाई जिताउन सूर्यकुमार यादवले ५७ रन बनाए ।

कप्तान रोहित शर्मा २४ तथा क्रुणाल पाण्डे ३१ रनमा नट आउट रहे । इशान किशानले २५ तथा हार्दिक पाण्डेले २३ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो ।

उसका लागि क्रिस गेलले ४० बलमा ५० रन बनाए ।

लोकेश राहुल २४ रन बनाएर आउट भए भने मार्कस स्टोइनिस २९ रनमा नट आउट रहे । पञ्जाबका युवराज सिंहले १४ रन बनाउँदा रनआउट भए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ