लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

  • बिहिबार, बैशाख २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

 

काठमाडौँ २० वैशाख ।

नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । गत वर्ष दुई लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने भने पनि जम्मा एक लाख ८१ हजार ३३६ क्वीन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कृषकबाट धान नआएकोले लक्ष्यभन्दा ९४ हजार क्वीन्टल कम धान खरिद भएको हो । संस्थानले धनगढीबाट ४४ हजार ६१७ क्वीन्टल, राजापुरबाट एक हजार ९४६क्वीन्टल महेन्द्रनगरबाट एक हजार १८८ क्वीन्टल, नेपालगञ्जबाट १३ हजार १०८ क्वीन्टल, लहानबाट ५६ हजार ७५२ क्वीन्टल, जनकपुरबाट चार हजार १५४ क्वीन्टल , वीरगञ्जबाट २९ हजार ९९८क्वीन्टल, विराटनगरबाट नौ हजार ९९५क्वीन्टल र विर्तामोडबाट १९ हजार ५७८ क्वीन्टल धान खरिद गरेको छ ।

विभागीय प्रमुख खनालले गत मंसिरदेखि धान खरिद गदैआइरहेकामा अहिले पनि खरिदका लागि खुला राखिएको बताउनुभयो । संस्थानले मोटो धान प्रतिक्वीन्टल रु एक हजार ९५०, मध्यम दुई हजार रु,मसिनो सोना रु दुई हजार ३७५ देखि तीन हजार १० ०सम्म, जीरा धान रु दुई हजार ५२५ देखि तीन हजार २०० सम्म मूल्य राखेको थियो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित खरिद समितिले नै धानको मूल्य निर्धारण गर्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी