आईपिएल : चेन्नई शीर्ष स्थानमा पुग्दा दिल्ली पुछारमा

आईपिएल : चेन्नई शीर्ष स्थानमा पुग्दा दिल्ली पुछारमा

  • मङ्लबार, बैशाख १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

पुणे, वैशाख १८ । दिल्ली डेयरडेभिल्सलाई हराउँदै चेन्नई सुपरकिङ्स इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

पुणे, वैशाख १८ । दिल्ली डेयरडेभिल्सलाई हराउँदै चेन्नई सुपरकिङ्स इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति पुनेमा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो । चेन्नईका लागि शेन वाट्सनले ७८ रन तथा कप्तान महेन्द्र सिंह धोनीले अविजित ५१ रन जोडे ।

जवाफमा २१२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १९८ रनमात्रै बनाउन सक्यो । दिल्लीका रिसभ पन्तले ७९ तथा विजय शंकरले अविजित ५४ रन बनाए पनि टोलीलाई जिताउन भने सकेनन् ।

खेलमा १३ रनले पराजित भएको दिल्ली आईपिएलको अंक तालिकामा ८ खेलबाट ४ अंक जोड्दै पुछारमा छ ।

समान खेलबाट १२ अंक जोडेको चेन्नई भने तालिकाको शीर्ष स्थानमा छ । १२ अंक नैं जोडे पनि रन रेटका आधारमा सनराईजर्स हैदरावाद दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको किङ्स इलेभेन पञ्जाब १० अंकसहित तेस्रो स्थानमा छ ।

आईपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्स भिड्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ