थ्रीस्टार क्लबले चुम्यो माईभ्याली गोल्डकपको उपाधि, विराज बने उत्कृष्ट खेलाडी

थ्रीस्टार क्लबले चुम्यो माईभ्याली गोल्डकपको उपाधि, विराज बने उत्कृष्ट खेलाडी

  • मङ्लबार, बैशाख १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

इलाम, बैशाख १७ । थ्रीस्टार क्लब इलाममा आयोजित चौथो अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सोमबार भएको फाइनलमा चिरप्रतिद्वन्दी मनाङ मस्र्याङदी क्लबलाई अतिरिक्त समयमा १-० गोलको संघर्षपूर्ण जित निकाल्दै थ्रीस्टारले उपाधि चुमेको हो ।

निर्धारित समयमा गोलरहित बराबरीमा खेल टुङ्गिएपछि अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमो तेस्रो मिनेटमा नै थ्रीस्टारका सुनिल बलले गोल गरी टिमलाई उपाधि दिलाए ।

 

जितसँगै थ्रीस्टारले नगद ६ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ र ट्रफी हात पार्यो पायो । मनाङले भने ४ लाख रुपैयाँमा चित्त बुझाउनुपर्‍यो ।

फाइनलको ‘म्यान अफ दी म्याच’ उपविजेता मनाङ मस्र्याङ्दीका हेमन गुरुङ घोषित हुँदै नगद १० हजार र चाँदीको मेडल प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी उपविजेता मनाङका विराज महर्जन घोषित भए । उनले १५० सिसीको यमाहाको स्कुटर प्राप्त गरे ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजक माईभ्यालीका मनिस थापा, नेपाल पुलिसका क्लबका रेजिन सुब्बा तथा सशस्त्र प्रहरीको एपिएफका युवराज खड्का र नविन लामा घोषित भए ।

खेल अवधिभर २-२ गोल गरेका उनीहरुले जनही ७ हजार रुपैयाँ प्राप्त गरे ।

 

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक विजेता थ्रीस्टारका एलन न्यौपाने घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

उत्कृष्ट डिफेन्डर विजेता थ्रीस्टारका पिटर, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारकै सुनिल बल, उत्कृष्ट फर्वड थ्रीस्टारकै विदेशी खेलाडि मार्टिन र उत्कृष्ट प्रशिक्षक थ्रीस्टारकै मेघराज केसी घोषित भए ।

उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे । त्यसैगरी उदयीमान खेलाडी आयोजक माईभ्यालीका दर्शन गुरुङ घोषित भए । उनले नगद २० हजार प्राप्त गरे ।

गत ६ वैशाखबाट सुरु भएको प्रतियोगितामा तीन विदेशी सहित नेपालका ‘ए’ डिभिजन क्लब र विभागीय गरी १२ टिमको सहभागिता थियो ।

माइभ्याली फुटबलको आयोजनामा प्रतियोगितामा संचालन गरिएको थियो ।

प्रतियोगिताको फाइनलको अवसर पारेर खेल सम्पन्न गर्न योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ