काठमाडौ १६ वैशाख ।
इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनल भिडान्त आज हुदैछ ।
उपाधिका लागि आज मनाङ मस्र्याङ्दी र ललितिपूरको थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुदैछ । अपरान्न ३ बजेपछि इलामको ठूलो टुँडिखेलमा हुने खेलमा दुवै टोली उपाधि आफ्नो कब्जामा पार्ने दाउमा हुनेछ ।
मनाङ उपाधि दाबेदार टोली त्रिभूवन आर्मीलाई पराजित गर्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो भने थ्रीस्टारले सेमिफाइनलमा एपिएफ क्लबलाई हराउदै आर्मीसँगको उपाधि भिडान्त पक्का गरेको हो ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी हात पार्नेछनु भने उपविजेताले ३ लाख नगद सहित ट्रफी पाउनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline