काठमाडौं, बैशाख १६ ।
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज राति दुइ खेल हुँदै छ । आजराति हुने पहिलो खेलमा राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद भिड्ने छन् ।
यस्तै आजै हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाईट राईडर्स आमने सामने हुनेछन् । यसअघि गएराति भएको खेलमा मुम्बई इन्डियन्सले दोस्रो जित हात पारेको छ ।
खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराउँदै मुम्बईले प्रतियोगितामा केही राहत पाएको हो । जारी प्रतियोगिताको सातौं खेलमा चेन्नईको त्यो दोस्रो हार हो ।
जितपछि मुम्बई अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । चेन्नाईले दिएको १ सय ७० रनको लक्ष्य मुम्बईले खेलमा २ बल बाँकी छँदा २ विकेट गुमाएर पार ग¥यो ।
मुम्बईका कप्तान रोहित शर्माले अविजित ५६ रन जोड्दा इभान लेविसले ४७ रन तथा सूर्यकुमार यादवले ४४ रन जोडे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline