ब्राजिलका फुटबल प्रमुख आजिवन प्रतिबन्धित

ब्राजिलका फुटबल प्रमुख आजिवन प्रतिबन्धित

  • शनिबार, बैशाख १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

 

रियो दी जेनेरियो, १५ वैशाख ।  ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटवलसम्वन्धी कुनैपनि काममा आजिवन प्रतिबन्ध लगाइएको छ ।

फुटबलको विश्वव्यापी आधिकारीक संगठन फिफाले उहाँलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो ।

फिफाको मूल्य मान्यता समितिले ७७ वर्षीय मार्कोलाई सञ्चार र बजारसम्वन्धी सम्झौतामा घुस लिएको दोषी ठहर गरेको छ ।

उहाँलाई फुटवलसम्वन्धी कुनैपनि गतिविधि र जिम्मेबारीमा प्रतिबन्द लगाउनुका साथै दश लाख जरिवाना (१ मिलियन अमेरिकी डलर) घोषणा गरेको छ ।

फिफाले डेल नेरोलाई व्यापारमा ठगी गरेको, अवैधानिक काम गरेको, सम्पत्तिको अपचलन गरेकोलगायतका आरोप लगाउदै गत डिसेम्बरमा निलम्बन गरेको थियो ।

फिफाको निर्णयका बारेमा पुनरावेदन गराउन चाहेको डेल नेरोका वकिलहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ