काठमाडौं, वैशाख १३ ।
नेपालको ब्वाइज र गर्ल्स दुवै टिम आइटीएफ एसिया १२ वर्षमुनिको टेनिस च्याम्पियनसिपको दक्षिण एसियाली क्षेत्र छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
आज भएको सेमिफाइनलमा ब्वाइज टिमले पाकिस्तानलाई तथा गर्ल्स टिमले श्रीलंकालाई हराउँदै फाइनलमा ठाउँ पक्का गरेको हो ।
सातदोबाटो टेनिस कोर्टमा जारी प्रतियोगितामा ब्वाइजमा नेपालले पाकिस्तानलाई २–१ ले तथा गर्ल्स टिमले श्रीलंकालाई ३–० ले हरायो ।
नेपालले दुवै स्पर्धाको फाइनलमा भारतको सामना गर्नेछ । भारतले ब्वाइजमा श्रीलंकालाई तथा गर्ल्समा भुटानलाई हराएको हो ।
दुवै फाइनल खेलहरु शुक्रबार बिहान ९ बजेदेखि हुँदैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline